मनोहरा नदी किनारको सुकुम्वासी बस्तीमा महानगरपालिकाले चलायो डोजर

Nagarik Sewa 4210+ समाचार ( )
३१ श्रावण २०८२, शुक्रबार

काठमाडौं। काठमाडौंको मनोहरा नदी किनारमा रहेको सुकुम्वासी बस्तीमा शुक्रबार काठमाडौं महानगरपालिकाले डोजर चलाएको छ। काठमाडौं महानगरीय प्रहरीको टोलीले सुकुम्वासी बस्तीमा डोजर चलाएको हो । 

महानगरपालिकाले त्यहाँ निर्माण गरिएको नयाँ भौतिक संरचना हटाएको छ। डोजरसहित पुगेको नगरप्रहरीले सुकुम्बासीका टहराहरु भत्काइदिएको हो। वर्षामा ओत लाग्ने ठाउँ दिन स्थानीयले अनुरोध गर्दा पनि नगर प्रहरीले नमानेपछि स्थानीयसँग वादविवाद भएको छ ।

टहराहरु भत्काउन काठमाडौं महानगरपालिकाको नगरप्रहरी प्रमुख राजु पाण्डेसहितको टोली पुगेको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार