सामाजिक सञ्जाल विधेयकको विरुद्धमा अनेरास्ववियूले निकाल्यो राँके जुलुस

Nagarik Sewa 4191+ समाचार ( )
२६ माघ २०८१, शनिबार

काठमाडौं । संसद्मा पेस गरिएको सामाजिक सन्जाल विधेयक फिर्ता गर्न माग गर्दै नेकपा एकीकृत समाजवादी निकट अनेरास्ववियूले राँके जुलुस निकालेको छ।

सरकारले नागरिकको बोल्न पाउने स्वतन्त्रता खोस्न खोजेको र नागरिकमाथि स्वच्छतारिका कायम गर्न खोजको भन्दै अनेरास्ववियूले जुलुस निकालेको हो। संगठनले विधेयक तत्काल फिर्ता लिन प्रधानमन्त्री केपी शर्मा ओलीलाई जुलुसमार्फत अपिल गरेको थियो।

संगठनले विधेयक फिर्ता नलिए कडा भन्दा कडा आन्दोलन गर्ने चेतावनी समेत दिएको छ। अनेरास्ववियू काठमाडौँ क्याम्पस जिल्ला कमिटीले आयोजना गरेको जुलुस त्रिचन्द्र कलेजको गेटबाट सुरु भएर दरबार मार्गहुँदै फेरि त्रिचन्द्र पुगेर कोण सभामा परिणत भएको थियो।

कोण सभामा क्याम्पस जिल्ला कमिटीको अध्यक्ष मदन शाही र क्याम्पस जिल्ला कमिटी उपाध्यक्ष अशोक मिश्रले सम्बोधन गरेका थिए।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार