उच्च अदालत बुटवलमा रवि र छविको मुद्दामा पेसी तोकियो

Nagarik Sewa 4537+ समाचार ( )
२६ मंगशिर २०८२, बिहीबार

काठमाडौं। सहकारी ठगी र सङ्गठित अपराधको अभियोगमा थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने र गोर्खा मिडियाका तत्कालीन सञ्चालक छविलाल जोशीको मुद्दामा आज उच्च अदालत बुटवलमा पेसी तोकिएको छ। उच्च अदालत बुटवलका सूचना अधिकारी राम बहादुर कुवरले रवि र छविको मुद्दा सुनुवाइको लागि आजको पेसीमा रहेको जानकारी दिए।

यसअघि दुईपटकसम्म लामिछाने पक्षका कानून व्यवसायीले निवेदन दिएपछि बहस स्थगित गरिएको थियो।बुटवलको सुप्रिम सहकारी ठगी प्रकरणमा रवि र छवि दुवै पुर्पक्षका लागि थुनामा रहेका छन्। लामिछानेलाई जिल्ला अदालत रुपन्देहीले बिगो रकम दाखिला गरेको भए पनि साउन २६ गते जमानत अस्वीकार गरेको थियो। जिल्ला अदालतको आदेशविरुद्ध लामिछानेले गत भदौ ९ गते उच्च अदालतमा निवेदन दिएका थिए ।

बुटवलको सुप्रिम सहकारी ठगीमा लमिछानेसहितका प्रतिवादीलाई १० करोड ९९ लाख ३६ हजार रुपैयाँ सामूहिक बिगो कायम गरेर अभियोगपत्र दायर गरिएको छ । तर, लामिछानेले त्यसको चार भागमध्ये आफ्नो भागको एक भागबराबर बिगो दाखिला गरेको कागजात पेस गरेका थिए । लामिछाले २ करोड ७४ लाख ८४ हजार रुपैयाँको बैंक जमानत निवेदनसाथ पेस गरेका थिए । लामिछानेले जस्तै जोशीले पनि त्यति नै बिगोबापतको जमानत पेस गरेका थिए ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार