मुख्य समाचार
निर्वाचन सफल बनाउनु साझा काम र ऐतिहासिक दायित्व भएको राष्ट्रपति पौडेलको भनाई | दुबईको ‘ट्रान्जिट’मा १०८ नेपाली | हजयात्रामा गएका ३६ नेपाली साउदी अरबमा रोकिए | 'मौन अवधि'मा हुन सक्ने गतिविधिमा आयोगको निगरानी | सर्लाहीमा मतदान अधिकृतको निधन | रौतहट–१ मा पूर्वप्रधानमन्त्री माधव कुमार नेपालको जित सुनिश्चित | सिन्धुपाल्चोक- २ मा विकासप्रेमी नेता युवराज दुलालको जित सुनिश्चित | रास्वपा सुर्खेतका कार्यवाहक सभापति र संस्थापक महामन्त्री कांग्रेस प्रवेश | अमेरिकी-इजरायली आक्रमणमा सर्वोच्च नेता खामेनेई मारिए | मध्यपूर्वी क्षेत्रमा तनाव उत्पन्न हुँदा नेपालका १८ वटा फ्लाइट रद्द |

महिला टि- ट्वान्टी क्रिकेटमा नेपालको लगातार चौथो हार

Nagarik Sewa 4136+ समाचार ( )
२२ माघ २०८१, मङ्गलबार

काठमाडौं । त्रिकोणात्मक महिला टि- ट्वान्टी क्रिकेट श्रृंखलामा नेपालले लगातार चौथो हार व्यहोरेको छ । कीर्तिपुरस्थित त्रिवि मैदानमा मंगलबार भएको खेलमा नेपाल थाइल्याण्डसँग ५ रनले पराजित भएको हो ।

मंगलबारको हारसँगै नेपालको उपाधी दाबी समाप्त भएको छ । टस जितेर पहिले ब्याटिङ गरेको थाइल्याण्डले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ७ रनको लक्ष्य दिएको थियो । लक्ष्य पछ्याउने क्रममा नेपालले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय १ रन मात्रै बनाउन सक्यो ।

नेपालका लागि रुबिना क्षेत्रीले सर्वाधिक २६ रन बनाइन् । कविता जोशीले २४ रन जोड्दा रोमा थापा रनमा १९ रनमा नट आउट रहिन् । थाइल्याण्डका लागि थिपचा पुत्थावोंगले ४ तथा फतिन्ना मायाले २ विकेट लिए । थाइल्याण्डका लागि चानिदा सुत्थीरुआंगले सर्वाधिक २७ रन जोडिन् भने नान्नापत खोन्चरोएन्कले १९ र अफिसारा सुवान्चोनरथीले १७ रन बनाएकी थिइन् ।

नेपालका लागि मनिषा उपाध्यायले ३ तथा पुजा महतो र रचना चौधरीले समान १ विकेट लिएका थिए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै