दुर्गा प्रसाईं भक्तपुरस्थित निवासबाट पक्राउ

Nagarik Sewa 4298+ समाचार ( )
३ मंगशिर २०८२, मङ्गलबार

काठमाडौं। सोमबार मध्यरातमा भक्तपुरस्थित निवासबाटै दुर्गा प्रसाईं पक्राउ परेका छन्। जिल्ला प्रहरी परिसर काठमाडौं र काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले भक्तपुरस्थित प्रसाईंलाई मध्यराति पक्राउ गरेको छ। निवासमा प्रवेश गरेर उनलाई प्रक्रिया पूरा गरेर नियन्त्रणमा लिई जिल्ला प्रहरी परिसर काठमाडौंमा ल्याइएको एक प्रहरी अधिकृतले जानकारी दिए।  

निवास परिसरबाट उनलाई निकाल्दै गरिएको एक भिडियो सार्वजनिक भएको छ। उक्त भिडियोमा प्रसाईंले केही बोलेको सुनिन्छ। उनले आफू गाडी चढ्दै गरेको खिच्न कसैलाई भनिरहेको सुन्न सकिन्छ। मङ्सिर ७ देखि आन्दोलनको घोषणा गरेका उनले हिंसा भड्काउन सक्ने अराजक गतिविधि गरेको आशङ्कासहित पक्राउ परेका हुन्।

राजावादी गतिविधिमा संलग्न प्रसाईं बैंकबाट लिएको ऋण मिनाहा गरिदिनुपर्ने लगायत माग राख्दै आन्दोलनको तयारीमा थिए। उनले मंसिर ७ गतेबाट आन्दोलनको तयारी गरेका थिए । यसका लागि प्रसाईंले राष्ट्र, राष्ट्रियता, धर्म–संस्कृति र नागरिक बचाउ महाअभियानको ब्यानरमा राजनीतिक गतिविधि गर्दै आएका छन् । प्रहरीले काठमाडौँ उपत्यकामा उच्च सतर्कता अपनाउन सर्कुलर गरेको छ। प्रसाईंका समर्थकले मंगलबार बिहानदेखि पक्राउको विरोधमा प्रदर्शन गर्नसक्ने अनुमान सुरक्षा सतर्कता अपनाउने तयारी गरेको हो।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार