काठमाडौं। आज राष्ट्रिय सभाअन्तर्गतका २ वटा समितिको संयुक्त बैठक बस्ने भएको छ। बिहान ११ बजे बस्ने विधायन व्यवस्थापन समिति र सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको संयुक्त बैठक बस्ने भएको हो।
बैठकमा कानुन, न्याय तथा संसदीय मामिला मन्त्रीसँग विविध विषयमा छलफल गर्ने कार्यसूची रहेको छ।