मुख्य समाचार
आईपीएल मे २७ देखि फेरि सुरु हुने | प्रतिनिधिसभाको जेठ १ गतेदेखि १५ गतेसम्मको क्यालेन्डर तय | तोलामा २ हजारले घट्यो सुनको मूल्य | प्रतिकूल मौसमका कारण हिमाल आरोहण प्रभावित | सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका वडा नम्बर-७ को कार्यालय तोडफोड | जडीबुटीदेखि पेप्सीकोला चोकसम्मका सडक सीमा क्षेत्रका अनधिकृत संरचना हटाउन महानगरको निर्देशन | युद्धविरामपछि भारतका ३२ वटा विमानस्थल पुनः सुचारु | तनहुँको सरस्वती आधारभुत विद्यालयमा शिक्षकले नै काटिदिन्छन् विद्यार्थीको कपाल | विराट कोहलीद्वारा टेष्ट क्रिकेटबाट सन्यास घोषणा | आगामी वर्ष लुम्बिनीमा अन्तर्राष्ट्रिय स्तरको बुद्ध जयन्ती कार्यक्रम भव्य रूपमा मनाउनेः प्रधानमन्त्री ओली |

शनिबार र सार्वजनिक बिदा बाहेक सबै दिन संसद् सञ्चालन गर्ने प्रस्ताव

Nagarik Sewa 1729+ समाचार ( )
१० वैशाख २०८२, बुधवार

काठमाडौं। आज प्रमुख सचेतकसँगको बैठकमा सभामुख देवराज घिमिरेले प्रतिनिधि सभाको बर्खे अधिवेशनमा शनिबार र सार्वजनिक बिदा बाहेकका सबै दिन संसद् सञ्चालन गर्ने प्रस्ताव गर्नुभएको छ । बैठकमा सभामुख घिमिरेले पूर्वबजेट छलफल, नीति तथा कार्यक्रम, बजेट र विद्यालय शिक्षा विधेयकको चापका कारण शनिबार र सार्वजनिक बिदा बाहेकका सबै दिन संसद् सञ्चालन गर्ने प्रस्ताव गर्नुभएको हो। 

बैठकले उक्त प्रस्ताव अनुमोदन गरेको सभामुख  घिमिरेका प्रेस संयोजक शेखर अधिकारीले जानकारी दिनुभयो । सोहीबमोजिमको क्यालेन्डरबारे वैशाख १२ गते बस्ने कार्यव्यवस्था परामर्श समितिको बैठकमा पेस हुनेछ ।

बैठकमा सभामुख घिमिरेले भन्नुभयो ,‘संसदलाई सरकारको नीति तथा कार्यक्रम, आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐनको व्यवस्था बमोजिम पूर्वबजेट छलफल तथा बजेटको चाप परेको छ । विद्यालय शिक्षा विधेयकलाई पनि प्राथमिकताका साथ पारित गर्नुपर्ने दायित्व संसद्को छ । शिक्षकहरूले ऐन नलिई जान्न भन्नुभएको छ । उहाँले मलाई समेत भेटेर पहल गरिदिन भन्नुभएको छ । उपसमितिले वैशाख २३ सम्मको समयावधिभित्रै प्रतिवेदन बुझाउने प्रतिबद्धता जनाएको अवस्थामा यसलाई प्राथमिकता दिने गरी संसद्ले तयारी गरेको छ । जुनसुकै दिन विधेयक संसदमा प्रस्तुत गर्ने गरी क्यालेन्डरमा सुरक्षित गर्नेछौं ।’ 

सभामुख घिमिरेले समितिको प्रतिवेदन आएलगत्तै संसद्ले पारित गर्ने प्रक्रिया सुरु गर्ने बताउनुभयो। निजामती विधेयक पनि समितिबाट आउने अवस्थामा रहेको छ । नीति तथा कार्यक्रम र बजेटका प्राविधिक सीमालाई ध्यान दिँदै शिक्षा, निजामती लगायतका विधेयक यही अधिवेशनमा पारित गर्न तयारी अवस्थामा रहनुपर्ने उहाँले बताउनुभयो। 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार