काठमाडौं। शेयर बजार परिसूचक नेप्से आज ३८.१० अङ्कले घटेर २७८१ विन्दुमा झरेको छ। हिजो उच्च अङ्कले बढेर २८ सय विन्दुमाथि पुगेको शेयर बजार आज घटेको हो।
आज म्युचल फन्ड र निर्जीवन बीमा बाहेक सबै समूहको शेयर घटेकोमा विकास बैंक समूहको शेयर सबैभन्दा धेरै २.३८ प्रतिशतले ओरालो लागेको छ । आज ओरिन्टल होटल्स कम्पनीको शेयर ४.७१ प्रतिशतले घटेको छ । बजार उच्च अङ्कले घटेको दिन विकाश हाइड्रोपावर कम्पनीको शेयर भने १० प्रतिशतले बढेको छ ।
आज नेप्से घटे पनि कारोबार रकम भने बढेको छ । हिजो ७ अर्ब ६८ करोडको कारोबार भएकोमा आज ३ सय २२ वटा कम्पनीका १ करोड ७८ लाख कित्ता शेयर ८ अर्ब ९ करोड रुपैयाँमा किनबेच भएको छ ।