बाह्रविसे नगरपालिकाको वडा नं ५को वडा बाल सञ्जालमा जोनिसा

Nagarik Sewa 4298+ समाचार ( )
१३ पौष २०८१, शनिबार


सिन्धुपाल्चोक । सिन्धुपाल्चोक जिल्लाको बाह्रविसे नगरपालिका वडा नम्बर ५ मा वडा  अध्यक्ष  श्याम बहादुर तामाङ को अध्यक्षतामा शुक्रबार भएको भेलाले वडा बाल  सञ्जाल गठन गरेको छ ।  बिद्यालयका प्रअ हरु शिक्षाबिद नगर पालिकाकार्यपालिकाका सदस्य समेत रहनु भएकी गेदकुमारी कार्कीको बिशेष पहलमा स्थानीय सिगार्चे आधारभुत  बद्यिालयको छात्रा जोनिसा श्रेष्ठको अध्यक्षतामा   वडा स्तरिय  सञ्जाल गठन गरिएको हो ।

उक्त कुरा वडा अध्यक्ष श्याम बहादुर तामाङले घोषणा गरेर जानकारी दिनु भएको हो ।, यसै गरी सञ्जालको , उपाध्यक्षमा नमुना सिमसारका  बिकास  तामाङ, सचिवमा नमुना सिमसारकै प्रकाश घले ,सहसचिबमा सिगार्चेका सञ्चिता तामाङ र कोषाध्यक्षमा खडादेबी आबीको गुँरास तामाङ र सदस्यहरुमा नमुना सिमसार बाट  इन्द्र कुमारी तामाङ,खडा देबी आबी बाट ममता तामाङ र देबिका तामाङ, सिगार्चे बाट राकेश बस्नेत रहनु भएको छ ।

लोकप्रिय समाचारको समन्वयमा वडा नं ५को बिपद ब्यवस्थापनको हलमा भएको कार्यक्रममा  बोल्दै नगरपालिकाका उपप्रमुख मञ्जु तामाङ्गले माननीय मोहन बहादुर बस्नेत सँग र नगर प्रमुख सँग सम्मन्वय गरेर वडामा माबकिो व्यवस्था गर्न पहल गरिने बताउँनु भयो । उँहाले बालमैत्री स्थानीय शासन अन्तरगत नगरमा बाल मैत्री नगर घोषणा गर्नका लागी वडा स्तरी बाल सञ्जाल गठन गर्ने बताउँदै  वाल मेत्री वडा घोषणा गर्न लागेको बताउँनु भयो । 

उँहाले  बालबालिकाको हकहितका लागि स्थानीय सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ । साथै उहाँले हरेक समस्या आफूलाई फोन गरेर जानकारी गराए समाधानका लागि पहल गर्ने प्रतिबद्धता समेत व्यक्त गर्नुभएको छ । उँहाले बालबालिकाको हक अधिकारका  लागी गठन भएको सञ्जालले बाल अधिकार र  बिकासका लागी बिशेष काम गर्ने बताउँनु भयो । कार्यक्रममा नेपाल पत्रकार महासघ काठमाण्डौ शाखाका उपाध्यक्ष कान्ती न्यौपानेले बाल मैत्री वडा घोषणाका लागी आबश्यक पर्ने ५१ सुचीका बारेमा जानकारी गराउँनु भएको थियो ।

यसै गरी नगर बिपद तथा महीला बालबालिका शाखाका दुर्गा भण्डारीले बाल मैत्री स्थानीय शासन घोषणाका लागी अभिभावकले खेल्न पर्ने भुमिकाका बारेमा प्रकाश पार्नु भएको थियो । कार्यक्रममा , प्रेश काउन्सिल नेपालका पूर्वअध्यक्ष भवानी प्रसाद बराल, सिगार्चे आबीका इश्वर तामाङ,नमुना सिसार आबीका प्रअ कृष्ण थिङ्ग, खडा देबी आबीका भगवती बस्नेत, वडा सदस्य गेदकुमारी कार्की  स्वास्थ्य प्रमुख समा मगर  लगायतका विज्ञहरुले बामैत्री स्थानीय शासनका लागी पुरा गर्नु पर्ने कामहरुका  बारेमा जानकारी गराउँनु भएको थियो । 

वडा अध्यक्ष श्याम बहादुर तामाङको सभापतित्वमा र नगर उप प्रमुख मन्जू तामाङको प्रमुख अतिथ्यतामा भएको कार्यक्रमको सञ्चालन भने  नेत्र ज्योती मिडीया हाउसका सञ्चालक नेत्र बहादुर बस्नेतले    गर्नु भएको थियो  ।

सञ्चाकर्मीहरु सुबास  बस्नेत, राजु नेपाल, शर्मीला तामाङ, ले सहजीकरण गर्नु भएको कार्यक्रमको लोकप्रिय नेत्र ज्योती सञ्चार समुहका उपाध्यक्ष समेत रहनु भएको सचित श्रेष्ठको प्राबिधिक सहयोगमा र सञ्चार कर्मी बिपना तामाङको व्यवस्थपनमा रेडीयो लोकप्रिय नेत्र ज्योती १०६.६ मेगाहर्ज बाट र लोकप्रिय नेत्रज्योती को सामाजिक सञ्जालबाट प्रत्यक्ष प्रशारण गरिएको थियो । 


प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार