चितवन दुग्ध उत्पादक सहकारी सङ्घ र प्रभु बैंकले किसान लक्षित ऋण कर्जा प्रवाह गर्ने

Nagarik Sewa 4431+ समाचार ( )
२६ माघ २०८१, शनिबार

काठमाडौं । कृषिमन्त्री रामनाथ अधिकारीले उद्घाटन गर्नुभएको प्रथम राष्ट्रिय डेरी एक्स्पो २०८१ समारोहमा चितवन जिल्ला दुग्ध उत्पादक सहकारी सङ्घ लिमिटेड र प्रभु बैंक लिमिटेडले किसान वर्गलाई लक्षित गरी ऋण कर्जा प्रवाह गर्ने समझदारी पत्रमा हस्ताक्षर गरेका छन्।

समझदारी पत्रमा चितवन जिल्ला दुग्ध उत्पादक सहकारी सङ्घ लिमिटेडको तर्फबाट संस्थाका अध्यक्ष  किशोर बगाले र प्रभु बैंक लिमिटेडको तर्फबाट बैंकका प्रमुख कार्यकारी अधिकृत  सांग्रला श्रेष्ठज्यूले हस्ताक्षर गरेका हुन्। यस सम्झौताले दुग्ध उत्पादक कृषकहरूको आर्थिक वृद्धिलाई सहज बनाउन महत्त्वपूर्ण भूमिका निभाउने छ।

प्रभु बैंक, जो हालसालै "बैंक अफ द इयर २०२३" को उपाधिले सम्मानित भएको छ, नेपालभरि ३११ शाखा कार्यालयहरू, २८४ एटीएम, र ६९ एक्सटेन्सन काउन्टरमार्फत करिब ३५ लाख भन्दा बढी ग्राहकहरूलाई ‘विश्वास लिन्छौं, विश्वास दिन्छौं’ भन्ने मुल नारासहित बैंकिङ र वित्तीय सेवा प्रदान गर्दै आएको छ। साथै, प्रभु बैंकले हालै फिनाकल ईन्फोसिस ईनोभेसन गोल्ड-२०२४ अवार्ड पनि प्राप्त गरेको छ, जसले यसको अत्याधुनिक प्रविधि र गुणस्तरीय सेवा प्रवाहको प्रतिबद्धतालाई प्रमाणित गर्दछ।

यस समझदारीले चितवन जिल्ला तथा अन्य स्थानका कृषकहरूलाई बैंकिङ सेवामा पहुँच विस्तार गर्ने अवसर प्रदान गर्नेमात्र होईन, बल्कि कृषि क्षेत्रको वित्तीय पहुँच र सशक्तिकरणमा पनि योगदान पुर्‍याउनेछ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार