काठमाडौंका नदीहरूमा ट्रास बेरियर जडान

Nagarik Sewa 4431+ समाचार ( )
६ पौष २०८२, आइतबार

काठमाडौं। शहरी विकास मन्त्रालय अन्तर्गत रहेको अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले काठमाडौंका नदीहरूमा तैरिने फोहोर पदार्थ संकलन गर्न ट्रास बेरियर जडान गरेको छ। हाल गुह्वेश्वरीमा ट्रास बेरियर जडान कार्य सम्पन्न भएको छ।  

बागमती नदीका गोकर्ण ब्यारेज, गुह्वेश्वरी, तिलगंगा आँखा अस्पताल, बागमती मनहरा दोभान, यूएन पार्क र मनोहरा नदीको कर्मनाशा दोभानमा १(१ गरी जम्मा ६ स्थानमा ट्रास बेरियर राख्न लागिएको हो। जसका लागि ६५ लाखमा ठेक्का सम्झौता भई धमाधम काम भइरहेको छ।

ट्रास बेरियरले नदीको सतहमा तैरिने प्लास्टिक तथा पोलिथिन, बोतल, काठका टुक्रा लगायत फोहोर वस्तुहरूलाई रोक्ने र एक निश्चित स्थानमा जम्मा गराउने काम गर्दछ। काठमाडौं उपत्यकाका बागमती, विष्णुमती, मनोहरा र धोबीखोलाजस्ता नदीहरूमा शहरीकरण, अव्यवस्थित फोहोर व्यवस्थापनका कारण ठूलो मात्रामा तैरिने फोहोर बग्ने गरेको पाइएकाले यस्ता नदीहरूमा ट्रास बेरियर जडान गर्दा नदीको बहाबलाई अवरुद्ध नगरी फोहोर मात्र निकाल्न सकिन्छ। जसले गर्दा नदी प्रदूषण न्यूनीकरण गर्न सहयोग पुग्दछ ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार