काठमाडौं। सिन्धुलीका युवकको मिर्गौला निकालिएको घटनामा नुवाकोटका समिर परियार पक्राउ परेका छन् । सिन्धुलीको दुधौली नगरपालिका–१ स्थायी घर भएका खिलबहादुर भुजेलको भारतमा मिर्गौला निकालिएको पाइएको हो । भुजेललाई पोखराबाट कामको प्रलोभनमा भारतमा पुर्याई बन्धक बनाएर गिरोहले मिर्गौला झिकेको बताइन्छ ।
परियारलाई काठमाडौंबाट पक्राउ गरिएको मानव बेचबिखन तथा अनुसन्धान व्युरोका प्रमुख कृष्ण पंगेनीले बताए। उनका अनुसार परियारमाथि अनुसन्धान भइरहेको छ ।