नयाँ दल दर्ताका लागि निर्वाचन आयोगमा थप तीनवटा निवेदन

Nagarik Sewa 4298+ समाचार ( )
४ कार्तिक २०८२, सोमबार

काठमाडौं । नयाँ दल दर्ताका लागि निर्वाचन आयोगमा थप तीनवटा निवेदन परेका छन् । आइतबार दर्ताका निम्ति तीन निवेदन आएको आयोगका कानुन तथा राजनीतिक दल व्यवस्थापन महाशाखाका प्रमुख सहसचिव यज्ञप्रसाद भट्टराईले जानकारी दिए । उनका अनुसार, राष्ट्रिय जेनजी पार्टी दर्ताको निवेदन परेको छ । हिराप्रसाद सेती अध्यक्ष रहने गरी निवेदन आएको पार्टीको चुनाव चिह्न ‘क्रस खुकुरी’ प्रस्ताव गरिएको छ ।

त्यस्तै, नेपाल लिबरल पार्टी दर्ताको निवेदन परेको छ । गोपीलाल न्यौपानेको नेतृत्वमा दर्ताको निवेदन दिइएको हो । जसको चुनाव चिह्न ‘सिक्का’ प्रस्ताव गरिएको छ । , राष्ट्रिय परिवर्तन पार्टी दर्ताका लागि निवेदन परेको छ । अजय कुमार राई नेतृत्वमा ‘बाँसुरी’ चुनाव चिह्न प्रस्ताव गरिएको छ ।

जेनजी पुस्ता भएकाले पार्टीको नाम जेनजी दिने सम्भावना कम रहेको आयोग स्रोतले जानकारी दियो । “जेनजी पुस्ता हो । पार्टीको नाम दिने कुरा नहोला । आयोगले नाम फेर्न भन्ने सम्भावना छ,” आयोग स्रोतले भन्यो । नयाँ दल दर्ताका लागि कात्तिक मसान्तसम्मको समय तोकिएको छ । समयसीमा नजिकिएसँगै दल दर्ताका लागि आयोगमा बुझ्न आउनेको संख्या बढेको छ ।

“बुझ्नका लागि आइरहनुभएको छ । तिहारपछि थप निवेदन आउला,” भट्टराई भन्छन् । जेनजी आन्दोलनपछि दर्ताको निवेदन दिएका पार्टी दर्ताको प्रक्रियामा छन् ।

गत असोज ७ गते धरान उपमहानगरपालिकाका प्रमुख हर्कराज राईले दल दर्ताको निवेदन दिएका थिए । उनले श्रम संस्कृति पार्टी नाम राखेका छन् । उनले चुनाव चिह्न ‘माटोको ढिस्को’ माग गरेका छन् । राई सनाखतका लागि आइतबार आयोग पुगेका थिए । त्यस्तै, आयोगमा असोज ९ गते नेपाल नागरिक पार्टी दर्ताको निवेदन दिइएको थियो । अधिवक्ता सुरेन्द्र भण्डारी नेतृत्वको पार्टीले चुनाव चिह्न ‘जेनजीको जुत्ता’ माग गरेको छ ।

त्यस्तै, आयोगमा गतिशील लोकतान्त्रिक पार्टी दर्ताको निवेदन पनि परेको छ । दिनेश प्रसाईं अध्यक्ष रहेको पार्टीमा बुद्ध एयरका मालिक वीरेन्द्र बस्नेत पनि छन् । जेनजी आन्दोलनअघि नै आयोगमा उज्यालो नेपाल पार्टी दर्ताको निवेदन परेको थियो । ज्ञानेन्द्रकुमार तामाङको नेतृत्वमा ‘बलेको चिम’ चिह्न माग गरिएको छ ।


प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै