काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक सुरु भएको छ । बुधबारको बैठकमा बाँकी सदस्यले धारणा राखिरहेको पार्टी प्रवक्ता देवराज चालिसेले जानकारी दिए । मंगलबार बसेको बैठकमा २८ जना केन्द्रीय सदस्यहरूले आफ्नो धारणा राखेका थिए ।
महामन्त्री प्रदीप पौडेलले छलफलका लागि बैठकमा हिजै विभिन्न प्रस्ताव पेस गरेका छन् । प्रस्तावमा समसामयिक, सुशासन स्थापना गर्न हाम्रो साथ, सक्रियता र सुझाव, संविधान संशोधन अध्ययन तथा सुझावका लागि विज्ञसहितको समिति गठन, १५औँ महाधिवेशनको कार्यतालिका, केन्द्रीय निर्वाचन समिति गठनलगायत ११ बुँदा समेटिएका छन् ।