नेपालद्वारा सिङ्गापुर ६ विकेटले पराजित

Nagarik Sewa 4431+ समाचार ( )
८ आश्विन २०८२, आइतबार

काठमाडौं। एसिसी पुरुष यु–१६ पूर्वी क्षेत्रीय क्रिकेट प्रतियोगिताको मलेसिया युकेएम ओभल क्रिकेट मैदानमा भएको खेलमा नेपालले सिङ्गापुरलाई ६ विकेटले पराजित गर्दै प्रतियोगितामा सुखद सुरुआत गरेको छ । जितका लागि एक सय ३९ रनको लक्ष्य पछ्याएको नेपालले ३३.३ ओभरमा चार विकेट गुमाएर पूरा गर्यो । 

नेपालका लागि ओपनर प्रसिद्ध जैसीले सर्वाधिक ५५ रनको योगदान गरे । उनले ९७ बलमा पाँच चौकाको सहयोगमा ५५ रन जोडेका हुन् । रौनक श्रीवास्तवले ४० रन बनाए। सिङ्गापुरका लागि आकाश तेजाले तीन विकेट लिए भने युभान पाण्डेले एक विकेट झारेका हुन् । 

त्यसअघि टस जितेर पहिला ब्याटिङ रोजेको सिङ्गापुले ३६ दशमलव एक ओभरमा सबै विकेट गुमाउँदै एक सय ३८ रनको योगफल बनाएको थियो । सिङ्गापुरका लागि कप्तान रियन नायकले सर्वाधिक ५३ रनको योगदान गरे । ओपनर आहान भुधानभामले ३८ रन बनाउँदा अर्का ओपनर रोशन अरुनले ११ रन जोडे । 

नेपालका लागि कप्तान विपिन शर्माले चार विकेट लिए भने सचिन भट्टले तीन विकेट झारे । त्यसैगरी शुभम खनाल र अभय यादवले समान एक÷एक विकेट लिए । यो जितसँगै नेपालले दुई अङ्क बटुलेको छ । अब नेपालले आफ्नो दोस्रो खेल यही असार १० गते जापानसँग खेल्नेछ । 

एसियाली क्रिकेट परिषद् ९एसिसी० को वार्षिक कार्यतालिका अनुसार सञ्चालन भएको उक्त प्रतियोगितामा विभिन्न १० टोलीको सहभागिता छ । प्रतियोगितामा नेपाल समूह ‘ए’ मा छ । नेपालको समूहमा सिङ्गापुर, इण्डोनेसिया, भुटान र जापान छन् । त्यस्तै  समूह ‘बी’ मा आयोजक मलेसियासहित हङकङ, माल्दिभ्स, थाइल्याण्ड र म्यानमार छन् । 

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार