काठमाडौं । दसैँपछि खुलेको पहिलो कारोबार दिन धितोपत्र दोस्रो बजार मापक नेप्से परिसूचक ५८.५५ अंकले घटेको छ । यसदिन परिसूचक २.१९ प्रतिशत घटेर २६०४.४६ विन्दुमा बन्द भएको हो । यसदिन चार अर्ब ६२ करोड ९० लाख रुपैयाँको सेयर खरिदबिक्री भएको छ ।
दसैँअघिको अन्तिम कारोबार दिन नेप्से परिसूचक ११.५१ अंकले बढेको थियो । सो दिन दुई अर्ब ९३ करोड रुपैयाँको सेयर खरिदबिक्री भएको थियो । आज १६ कम्पनीको सेयर मूल्य बढेको छ । २३५ कम्पनीको सेयर मूल्य घटेको छ । एभरेष्ट बैंकको सेयर मूल्य स्थिर छ ।
युनियन हाइड्रोपावरको सर्वाधिक मूल्यको सेयर खरिद–बिक्री भएको छ । यो कम्पनीको २८ करोड ३१ लाख रुपैयाँको सेयर खरिदबिक्री भएको छ । कारोबारमा आएका १३ वटै समूहको परिसूचक घटेको छ ।