हृदयघातका कारण गायक प्रशान्त तामाङको निधन

Nagarik Sewa 4849+ समाचार ( )
२७ पौष २०८२, आइतबार

काठमाडौं। इन्डियन आइडल सिजन–३ का विजेता गायक तथा नेपाली फिल्मका लोकप्रिय नायक प्रशान्त तामाङको हृदयघातका कारण निधन भएको छ। परिवारजनका अनुसार उहाँको दिल्लीस्थित निवासमै निधन भएको हो।

संगीत र अभिनय दुवै क्षेत्रमा प्रशान्त तामाङले उल्लेखनीय योगदान दिएका थिए। सन् २००७ मा इन्डियन आइडल सिजन–३ को उपाधि जित्दै उनले अन्तर्राष्ट्रिय स्तरमा नेपाली भाषीको पहिचान स्थापित गरेका थिए। त्यसपछि नेपाली चलचित्र क्षेत्रमा प्रवेश गर्दै उनले थुप्रै फिल्ममार्फत दर्शकको मन जित्न सफल भए। तामाङको निधनले संगीत क्षेत्रमा शोक छाएको छ ।

सरल व्यक्तित्व, सुरि स्वर र प्रेरणादायी करियरका कारण प्रशान्त तामाङ लाखौँ दर्शकका प्रिय कलाकार थिए।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार