मुख्य समाचार
को हुन् इजरायलको नयाँ प्रधानमन्त्री बन्न लागेका आइजनकोट ? | पृथ्वी राजमार्ग दुईतर्फी सञ्चालनमा, घोप्टेभिरको पहिरो पन्छाइयो | सशस्त्र प्रहरीले पनि कुकुर तिहार मनायो | दशौं राष्ट्रिय खेलकुदका खेलहरू मंसिर ८ देखि हुने | नेपाली काँग्रेस देउवा पक्षको काठमाडौं अधिवेशन: बटुकद्वारा स्वस्तिवाचन सहित देउवाद्वारा उद्घाटन | सर्वोच्च अदालतका लागि प्रस्तावित चारै जना न्यायाधीशहरु संसदीय सुनुवाइबाट अुनमोदित | ढाकाटोपीमा सजिएर नेपाल फेस्टिभलमा अस्ट्रेलियाका प्रधानमन्त्रीको सम्बोधन | परराष्ट्रमन्त्री खनाल कोप–३१ मा सहभागी हुन टर्कि प्रस्थान | देउसीभैलो खेल्नका लागि जिल्ला प्रशासनद्वारा १२ बुँदे चेतावनी जारी | आईजीपी हेरफेर किन गरियो व्यवहारबाट देखिनुपर्छ : रवि लामिछाने |

उपराष्ट्रपती यादवद्वारा गढीमाईको मेला उद्घाटन

Nagarik Sewa 5112+ समाचार ( )
१७ मंगशिर २०८१, सोमबार

पर्सा। उपराष्ट्रपती राम सहाय यादवले सोमबार एक विशेष कार्यक्रमबिच पञ्चवर्षीय गढीमाईको मेला विधिवत रुपमा उद्घाटन गर्नुभएको छ । यादवले आफ्नै जन्मस्थलमा गढीमाईको पूजा अर्चाना गरि मेलाको शुभारम्भ गरेपछि गढीमाईको दर्शन गर्न सर्वसाधरणको भिड लागेको छ ।  

उपराष्ट्रपती यादवको गृह जिल्ला बारा जिल्लाको पञ्चवर्षीय गढीमाई मेला पशुबलीका लागि विश्वप्रख्यात छ । 

मेला आयोजक मुल समितिले प्रत्येक पाँच वर्षमा लाग्ने गढीमाई मेला मङ्सिर १ गतेदेखि मङ्सिर मसान्तसम्म लाग्ने भएपनि मेला आयोजक मुल समितिले मेलाको विधिवत उद्घाटन भएपछि र्कायतालिका प्रकाशित गरी मङ्सिर २३ गते शनिवार तान्त्रिक विधि अनुसार दुखन धामी कछडियाले मुल पुजारी मङगल चौधरीसँग मिलेर आफ्नो मानव अङ्गको पाँच ठाउँबाट रगत र बलीको रुपमा सेतो मुसा परेवा हाँस सुगङुर र रागाको बली दिएपछि सर्वसाधारणले भाखल अनूरुपको बली तोकिएको स्थानमा चढाउने छन् । 

यस्तै, मङ्सिर २४ गते सानोबलीको रुपमा बोका परेवा हाँस र कुखुराको बलि चढाइने छ । सानो बलिका लगि निश्चित स्थान नतोकिएकोले गढीमाईको सिमाना भनिएको पसहा खोला पारी पुगेपछि पायक पर्ने ठाउँमा बलि चढाउने गरिन्छ र २५ गते मन्दिर परिसरमा परेवा उढाउने कार्यतालिका रहेको छ । यसका लागि बारा जिल्लाका १६ वटै पालिकाले मङ्सिर २३ र २४ गते आ आफ्ना पालिकामा बिदा दिने घोषणा गरेका छन् ।

सामाजिक धार्मिक तथा अन्य सङ्घ सस्थाले बलिप्रथाको बिरोध गर्दै आएकोमा २०७३ साल भदौ २० गते सर्वोच्च अदालतले सरकारको नाममा आदेश जारी गर्दै पशुबलि दिने र्कायमा प्रत्यक्ष र परोक्षरुपमा संलगन नहुन र बलिलाई निरुत्साहित पार्नु भनेर आदेश जारी गरेको भए पनि आदेश र्कायान्वयनमा आएको छैन । 

मेला मुल समितिका अध्यक्ष उपेन्द्र यादबले मेला मुल समिति र पुजारी समेतले कसैलाई बलिदानको लागि प्रोत्साहित नगरेको तर भक्तजनहरुमा आफैले श्रद्धा भक्ति आस्था र भाकल पुरा गर्न बलि दिने गरेकोले यसलाई रोक्न नसकिने बताउनुहुन्छ ।  

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै