मुख्य समाचार
ग्लोबल आइएमई बैंकको ग्लोबल हाटबजारको ५०औँ हप्ता पुरा | समृद्धि शाहले जितिन् वर्ल्ड राइजिङ स्टारको शीर्ष उपाधि | कांग्रेसको संस्थापन समूहद्वारा दुई महामन्त्री र एक सहममन्त्रीलाई पाँच वर्ष अवधिका लागि निष्कासित | नेकपाको केन्द्रीय सदस्य बनिन् युवा नेतृ अञ्जना पोखरेल | पत्रकार महासंघ काठमाडौंको कार्यबाहक अध्यक्षमा कमल राना | गाजामा क्षतिग्रस्त भवन आँधीले भत्काउँदा ५ प्यालेस्टाइनीको मृत्यु | बैंक लुटपाटमा संलग्न ४ जना पक्राउ | कांग्रेसको सभापति पदका लागि गगन थापाको मात्रै उम्मेदवारी दर्ता | तोलामा १५ सयले बढ्यो सुनको मूल्य | मोटरसाइकलको ठक्करबाट एक वृद्धाको मृत्यु |

अमेरिका र युक्रेनबिच अर्को हप्ता साउदी अरबियामा वार्ता हुने

Nagarik Sewa 3912+ समाचार ( )
२३ फाल्गुन २०८१, शुक्रबार

एजेन्सी । अमेरिका र युक्रेनबिच अर्को हप्ता साउदी अरबियामा वार्ता हुने भएको छ । युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले साउदी अरबयिामा वार्ता हुने पुष्टी गर्दै उक्त बैठक अर्थपूर्ण हुने आशा व्यक्त गरेका छन् ।

दुई देशबिचको प्रतिनिधिमण्डलस्तरमा हुने उक्त वार्तामा डोनाल्ड ट्रम्प वा जेलेन्स्की भने सरिक हुनेछैनन् । यद्यपी सो समयमा जेलेन्स्की साउदी अरबियामै रहनेछन् । आफ्नो देश छिटो तर दिगो शान्तिको पक्षमा रहेको जेलेन्स्कीले प्रष्ट पारेका छन् ।

अमेरिकी राष्ट्रपति ट्रम्पका विशेष दूत स्टीव विटकफले अमेरिकी टोलीले रूस–युक्रेन युद्ध अन्त्य गर्ने प्रयास गर्न शान्तिको नयाँ ढाँचामा छलफल गर्न चाहेको बताएका छन् । गत शुक्रबार जेलेन्स्की र ट्रम्प ह्वाइट हाउसमा सार्वजनिक बहसमा उत्रिएपछि वार्ता भाँडिएको थियो । यसपछि अमेरिकाले युक्रेनलाई सैन्य सहायता रोक्दै गुप्तचर जानकारी समेत बन्द गरेको थियो ।

युक्रेनी राष्ट्रपतिले अहिले उक्त घटनाको बारेमा खेद व्यक्त गर्दै देशको सबैभन्दा ठूलो सैन्य आपूर्तिकर्ता अमेरिकासँग सम्बन्ध सुधार गर्ने प्रयास गरिरहेका छन् । ट्रम्पले जेलेन्स्कीबाट माफी माग्दै कृतज्ञताको भावना समावेश भएको पत्र प्राप्त गरेको ह्वाइट हाउसले जनाएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार