मुख्य समाचार
प्रधानमन्त्री र सभामुखबीच भेटवार्ता | देउवालाई पाँच हजार नेता–कार्यकर्तासहित ‘स्कर्टिङ’ गर्ने तयारी | ‘पोलिटिकल म्याचुरिटी’ रविमै रहेछ: प्रचण्ड | बाँदर–बँदेलको आतंकबारे संसद्‌मा सार्वजनिक महत्त्वको प्रस्ताव दर्ता | प्रधानमन्त्री बालेनको अभिव्यक्ति सच्च्याउन कांग्रेसको माग | १४औँ पुष्पलाल स्मृती ब्याडमिन्टन सुरु | बहुर्राष्ट्रिय २० ठूला करदाता कम्पनीका प्रतिनिधिसँग छलफल गर्दै अर्थमन्त्री | प्रधानमन्त्री बालेनले एक्लै भेटे भारतीय राजदुत श्रीवास्तव | देशव्यापी आन्दोलन थाल्ने शिक्षक महासंघको घोषणा | शेरबहादुर देउवाले कांग्रेस भेलाको सम्बोधन गर्ने |

धादिङको गजुरी गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा होम बहादुर राउत

Nagarik Sewa 4697+ समाचार ( )
१४ मंगशिर २०८१, शुक्रबार

काठमाडौँ । धादिङको गजुरी गाउँपालिकामा होम बहादुर राउत नयाँ प्रमुख प्रशासकीय अधिकृतका रूपमा नियुक्त भएका छन्। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको निर्णयअनुसार उनलाई गजुरी पठाइएको हो। यसअघि गजुरीमा प्रमुख प्रशासकीय अधिकृतका रूपमा कार्यरत राजु अधिकारीलाई त्रिपुरासुन्दरी गाउँपालिकामा सरुवा गरिएको छ।

सूचना तथा सञ्चार मन्त्रालयमा कार्यरत राउतलाई  आज  एक औपचारिक कार्यक्रमकाबिच गजुरी गाउँपालिकामा स्वागत गरिएको थियो । स्वागत समारोहमा गाउँपालिका अध्यक्ष गणेशलाल श्रेष्ठले प्रमुख प्रशासकीय अधिकृत राउतलाई जनप्रतिनिधिहरूको पूर्ण सहयोग रहने प्रतिबद्धता जनाउँदै पालिकाको समृद्धि र सेवा प्रवाहमा नयाँ ऊर्जा थपिने विश्वास व्यक्त गरे। जनप्रतिनिधि र प्रशासकीय टोलीबिचको सहकार्यले गजुरी गाउँपालिकालाई विकास र समृद्धिको बाटोमा अगाडि बढाउन मद्दत पुग्ने उनको भनाइ थियो।

नयाँ प्रमुख प्रशासकीय अधिकृत राउतले गजुरीमा कार्यभार सम्हाल्दै गाउँपालिकाका योजना र नीतिहरूलाई प्रभावकारी ढंगले कार्यान्वयन गर्न आफू पूर्ण प्रतिबद्ध रहेको बताए। कार्यक्रममा सहभागीहरूले प्रमुख प्रशासकीय अधिकृतको अनुभवले गजुरी गाउँपालिकाको प्रशासनिक र विकासीय गतिविधिमा सकारात्मक प्रभाव पार्ने अपेक्षा व्यक्त गरे। कार्यक्रममा गाउँपालिका उपाध्यक्ष शर्मिला बिशुराल, वडा अध्यक्षहरू र अन्य कर्मचारीहरूको उपस्थिति थियो।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार