मुख्य समाचार
को हुन् इजरायलको नयाँ प्रधानमन्त्री बन्न लागेका आइजनकोट ? | पृथ्वी राजमार्ग दुईतर्फी सञ्चालनमा, घोप्टेभिरको पहिरो पन्छाइयो | सशस्त्र प्रहरीले पनि कुकुर तिहार मनायो | दशौं राष्ट्रिय खेलकुदका खेलहरू मंसिर ८ देखि हुने | नेपाली काँग्रेस देउवा पक्षको काठमाडौं अधिवेशन: बटुकद्वारा स्वस्तिवाचन सहित देउवाद्वारा उद्घाटन | सर्वोच्च अदालतका लागि प्रस्तावित चारै जना न्यायाधीशहरु संसदीय सुनुवाइबाट अुनमोदित | ढाकाटोपीमा सजिएर नेपाल फेस्टिभलमा अस्ट्रेलियाका प्रधानमन्त्रीको सम्बोधन | परराष्ट्रमन्त्री खनाल कोप–३१ मा सहभागी हुन टर्कि प्रस्थान | देउसीभैलो खेल्नका लागि जिल्ला प्रशासनद्वारा १२ बुँदे चेतावनी जारी | आईजीपी हेरफेर किन गरियो व्यवहारबाट देखिनुपर्छ : रवि लामिछाने |

संविधानको रक्षा र लोकतान्त्रिक व्यवस्थाको सुदृढीकरण सरकारको मुख्य कार्यभार : गृहमन्त्री लेखक
संविधानको रक्षा र लोकतान्त्रिक व्यवस्थाको सुदृढीकरण सरकारको मुख्य कार्यभार : गृहमन्त्री लेखक

Nagarik Sewa 5112+ समाचार ( )
२७ मंगशिर २०८१, बिहीबार

काठमाडौँ । गृहमन्त्री रमेश लेखकले संविधानको रक्षा गर्दै संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको सुदृढीकरण सरकारको मुख्य कार्यभार भएको बताएका छन् ।

बिहीबार काठमाडौँमा आयोजित शान्ति, सुरक्षा तथा विपद् व्यवस्थापनसम्बन्धी अन्तर प्रदेशस्तरीय कार्यशाला गोष्ठीमा बोल्दै उनले यस्तो बताएका हुन् । 

मन्त्री लेखकले संविधानलाई असफल बनाउने छुट कसैलाई नभएको बताए । उनले नेपालमा ६८ वर्षको अवधिमा सात वटा संविधान बनेको स्मरण गराउँदै संविधान धेरै बन्नु राजनीतिक अस्थिरताको उदाहरण भएको बताए ।

उनले संविधानलाई असफल बनाउन संविधान विरोधी गतिविधिहरू गर्ने र वर्तमान व्यवस्थालाई असफल साबित गर्ने प्रयत्न हुने गरेको उल्लेख गर्दै त्यसका विरुद्ध कडा रूपले उभिन जरुरी रहेको बताए । 

मन्त्री लेखकले भौतिक विकास निर्माण र आर्थिक वृद्धि गर्न नसक्दा जनतामा केही असन्तुष्टि रहेपनि संविधानकै कारण मुलुकमा समृद्ध बन्न नसकेको भाष्य निर्माण गर्ने दुष्प्रयास भइरहेको बताए ।

संविधान विरोधी गतिविधिहरू कुनैपनि हिसाबले क्षम्य नहुने लेखकको भनाइ छ । 

उनले भने, ‘हामीले संविधान बनाएका छौँ । तुलनात्मक रूपमा हेर्दा यो संविधान अन्य देशका संविधानको तुलनामा असल छ । संसारभरका संविधानहरूलाई अध्ययन गरेर बनाएको हुनाले हाम्रो संविधान कान्छो र सफल हो ।

संविधानमा हामीले गणतन्त्र र संघीयताको विषयमा महत्त्वपूर्ण निर्णय गरेका छौँ । हाम्रा नयाँ अभ्यासहरू प्रयोग भएका छन् । त्यसरी नै हाम्रा लोकतान्त्रिक मूल्य मान्यताहरूलाई यो संविधानमा समावेश गरेका छौँ । यो संविधानको रक्षा, संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको सुदृढीकरण आजको मुख्य कार्यभार हो ।’ 

मन्त्री लेखकले मुलुकमा साइबर अपराधका घटनाहरू बढिरहेको बताए । उनले व्यक्तिगत चरित्रहत्या र समाजको शान्ति व्यवस्था खलबल्याउने आपराधिक क्रियाकलापहरू बढेको उल्लेख गर्दै यसका विरुद्ध सरकार निर्मम ढंगले प्रस्तुत हुने बताए । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै