राष्ट्र बैंकले रोक्यो कर्णाली विकास बैंकको सेयर कारोबार

Nagarik Sewa 4393+ समाचार ( )
११ पौष २०८१, बिहीबार

काठमाडौं। राष्ट्र बैंकले समस्याग्रस्त घोषणा गर्दै कर्णाली विकास बैंकको सेयर कारोबार रोक्का गरेर बैंकको जिम्मा आफैँले लिएको छ । त्यसपछि आज, बिहीबारदेखि बैंकको संस्थापकलगायत सबै सेयर कारोबार रोक्का भएको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले जनाएको छ ।

मंगलबार कारोबार बन्द हुँदा कर्णाली विकास बैंकको सेयर मूल्य प्रतिकित्ता ८१० रुपैयाँ थियो । पछिल्लो एक वर्षको अवधिमा कर्णाली विकास बैंकको सेयर मूल्य प्रतिकित्ता कम्तीमा ३२० र बढीमा ८७० कायम भएको छ । राष्ट्र बैंकले यसअघि नेपाल बैंक, एनबी बैंकजस्ता ‘क’ वर्गका बैंक पनि टेकओभर गरेर स्थिति सुधार गरेको थियो । 

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार