मुख्य समाचार
शरणार्थी महिलाको जीवनरक्षाका निम्ति मिर्गौला प्रत्यारोपण नरोक्नू: सर्वोच्च अदालत | जुलाईमा नेपाल आए ७१ हजारभन्दा बढी पर्यटक | साहित्यकार सञ्जु अधिकारीका दुई कृति ‘सनम’ र ‘मानस’ एकसाथ विमोचन | ब्रोड पिकको ५७ सय मिटर उचाइबाट निकालियो निर्मल पुर्जाको शव | बढ्यो सुनचाँदीको मूल्य | अझै तीन दिन भारी वर्षाको पूर्वानुमान | सार्वजनिक हुँदै शेख हसिना | पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीबाट सम्मानित | इरानी आक्रमणमा परी मृत्यु भएका ४४ वर्षीय सोमकुमार तामाङको शव नेपालमा | काँकडभिट्टाबाट एक वर्षमा २४ अर्ब ५० करोड बराबरको पेट्रोलियम पदार्थ आयात |

चैत २४ गते बागमती प्रदेशसभाको हिउँदे अधिवेशन बस्दै

Nagarik Sewa 4677+ समाचार ( )
२३ चैत्र २०८२, सोमबार

काठमाडौं। बागमती प्रदेशसभाको हिउँदे अधिवेशन चैत २४ गतेका लागि आह्वान गरिएको छ। प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुख दीपक प्रसाद देवकोटाले सोमबार प्रदेशसभाको अधिवेशन आह्वान गर्नुभएको हो।

जसअनुसार प्रदेश सभा बैठक मंगलबार दिउँसो ४ बजे बस्नेछ । यसअघि प्रदेश सरकारको आइतबार बसेको मन्त्रिपरिषद् बैठकले अधिवेशन आह्वानका लागि सिफारिस गरेको थियो । 

संसदको वर्षे अधिवेशन अन्त्य भएको ५ महिना पछि सरकारले हिउँदे अधिवेशन आह्वान भएको हो । गत मंसिर ३ मा प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुख देवकोटाले संसदको चालु वर्षे अधिवेशन अन्त्य गरेका थिए । जेनजी आन्दोलन र विपद्को कारण सरकारले प्रदेशसभा बैठक बोलाउन नसक्दा विगत ८ महिना प्रदेशसभा बैठक बस्न सकेको थिएन । गत साउन २७ मा प्रदेशसभाको अन्तिम बैठक बसेको थियो ।

त्यस लगत्तै भएको जेनजी आन्दोलनका क्रममा प्रदेशसभा सचिवालय, सभा हल सहितका प्रदेशका विभिन्न संरचना जलेपछि बैठक सञ्चालन अन्योल बनेको थियो । जेनजी आन्दोलन कै बिचमा प्रदेशसभाका तत्कालीन सभामुख भुवनकुमार पाठकले पदबाट राजीनामा घोषणा गरेका थिए । 

उनले असोज १ गते प्रदेशसभामा लिखित राजीनामा पेस गरेका थिए । बैठक सञ्चालन नगरी मंसिर ३ मा हाउस अन्त्य गर्ने सरकारको निर्णय पछि प्रदेशसभाकी उपसभामुख अप्सरा चापागाईंले सार्वजनिक सूचना जारी गर्दै सभामुखको राजीनामा बारे सांसदहरूलाई जानकारी गराएकी थिइन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार