मुख्य समाचार
को हुन् इजरायलको नयाँ प्रधानमन्त्री बन्न लागेका आइजनकोट ? | पृथ्वी राजमार्ग दुईतर्फी सञ्चालनमा, घोप्टेभिरको पहिरो पन्छाइयो | सशस्त्र प्रहरीले पनि कुकुर तिहार मनायो | दशौं राष्ट्रिय खेलकुदका खेलहरू मंसिर ८ देखि हुने | नेपाली काँग्रेस देउवा पक्षको काठमाडौं अधिवेशन: बटुकद्वारा स्वस्तिवाचन सहित देउवाद्वारा उद्घाटन | सर्वोच्च अदालतका लागि प्रस्तावित चारै जना न्यायाधीशहरु संसदीय सुनुवाइबाट अुनमोदित | ढाकाटोपीमा सजिएर नेपाल फेस्टिभलमा अस्ट्रेलियाका प्रधानमन्त्रीको सम्बोधन | परराष्ट्रमन्त्री खनाल कोप–३१ मा सहभागी हुन टर्कि प्रस्थान | देउसीभैलो खेल्नका लागि जिल्ला प्रशासनद्वारा १२ बुँदे चेतावनी जारी | आईजीपी हेरफेर किन गरियो व्यवहारबाट देखिनुपर्छ : रवि लामिछाने |

३९.९२ अंकले बढ्यो नेप्से

Nagarik Sewa 5112+ समाचार ( )
८ मंगशिर २०८२, आइतबार

काठमाडौं। धितोपत्र दोस्रो बजार मापक नेप्से परिसूचक आइतबार (मंसिर ७) ३९.९२ अंकले बढेर २६००.२२ विन्दुमा बन्द भएको छ। आज काराबोर रकम पनि एक अर्ब ५९ करोड रुपैयाँले बढेको छ । ६ अर्ब २८ करोड ६७ लाख रुपैयाँको सेयर किनबेच भएको छ । गएको साताको अन्तिम दिन चार अर्ब ६८ करोड ८८ लाख रुपैयाँको सेयर खरिद–बिक्री भएको थियो ।

२३७ कम्पनीको सेयर मूल्य बढेको छ । १८ कम्पनीको सेयर मूल्य घटेको छ । दुई कम्पनीको सेयर मूल्य स्थिर छ । नेपाल पुनर्बिमा कम्पनी र बोटलर्स नेपाल (बालाजु)को सेयर मूल्य स्थिर रहेको नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले जनाएको छ । सागर डिस्टिलरीको सेयर मूल्य १० प्रतिशतले बढेको छ ।

नेपाल इन्फ्राइस्ट्रक्चर एन्ड डेभलपमेन्टको सर्वाधिक मूल्यको सेयर कारोबार भएको छ । यो कम्पनीको ६५ करोड ६० लाख रुपैयाँको सेयर किनबेच भएको छ । कारोबारमा आएका १३ मध्ये म्युचुअफ फन्ड समूहको परिसूचक घटेको छ । बाँकी समूहको परिसूचक बढेको छ । जीवन बिमा समूहको परिसूचक सर्वाधिक २।५५ प्रतिशतले बढेको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार