मोन्टी देशाईद्वारा क्रिकेटसँग जोडिएका सबैलाई धन्यवाद

Nagarik Sewa 4849+ समाचार ( )
२० माघ २०८१, आइतबार

काठमाडौं। नेपाली क्रिकेट टोलीका मुख्य प्रशिक्षक मोन्टी देशाईले सम्झौता सकिएर बिदा हुन लागेसँगै नेपाली क्रिकेटसँग जोडिएका सबैलाई धन्यवाद दिएका छन् । उनले सामाजिक सञ्जालमा लामो स्टाटस राख्दै यो गुडबाई नभएर धन्यवाद भएको बताए । 

उनले आफ्ना लागि यी दुई वर्ष निकै अविस्मरणीय भएको बताउँदै यो समय विभिन्न मनमोहक क्षणहरू र कोसेढुङ्गाहरूले भरिएको उल्लेख गरे । मोन्टीसँगको दुई वर्षको सम्झौता सकिएसँगै उनीसँगको सम्झौता नवीकरण नगर्ने क्यानले निर्णय गरेको थियो । आफूलाई प्रशिक्षकको जिम्मेवारी दिएकामा क्यानलाई पनि उनले धन्यवाद दिएका छन् भने जुनसुकै अवस्थामा पनि नेपालको समर्थन गर्न नछाड्ने समर्थकहरूलाई यो विश्‍वास कायमै राख्‍न अनुरोध गरेका छन् ।

उनले त्रिवि क्रिकेट मैदानमा एसीसी प्रिमियर कप फाइनलमा दर्शकहरू छाता ओढेर खेल हेर्न बसेको क्षणदेखि मुलपानीमा टी(२० विश्‍वकप छनोटको निर्णायक खेल हुँदाको क्षण सम्झिए ।आफ्नो प्रशिक्षणमा विभिन्न उत्तारचढावहरू रहेपनि आफूलाई दिइएको भूमिका निर्वाह गर्न पाउँदा उनले क्यान व्यवस्थापन, खेलाडीहरू, समर्थकहरू, ग्राउन्ड्सम्यान, कमेन्टेटर र कप्तान रोहित पौडेलप्रति कृतज्ञता व्यक्त गरे ।


प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार