मुख्य समाचार
पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल राष्ट्रपति विद्यादेवी भण्डारीबाट सम्मानित | इरानी आक्रमणमा परी मृत्यु भएका ४४ वर्षीय सोमकुमार तामाङको शव नेपालमा | काँकडभिट्टाबाट एक वर्षमा २४ अर्ब ५० करोड बराबरको पेट्रोलियम पदार्थ आयात | सप्तरीमा कर्फ्यु हटाएर प्रशासनले लगायो निषेधाज्ञा | फिफा निलम्बन फुकुवा भए मात्र नेपालले साफ च्याम्पियनसिप खेल्न पाउने | ‘ब्रोड पिक’बाट संकलन गरिँदै छ निर्मल पुर्जासहित १० आरोहीको शव | सुनचाँदीको मूल्य घट्यो | न्यौपाने बन्धु समाज सिन्धुपाल्चोकको चौथो जिल्ला भेलाबाट नयाँ कार्यसमिति चयन | पाकिस्तानमा प्रहरी चौकीमा आक्रमण, ९ प्रहरीसहित २४ जनाको मृत्यु | यो सरकार असफल भए नेपाल राष्ट्र नै असफल हुने खतरा छ: प्रचण्ड |

पाकिस्तानमाथि भारतको सैन्य कारबाही खेदजनक रहेको चीनको दाबी

Nagarik Sewa 4670+ समाचार ( )
२४ वैशाख २०८२, बुधवार

काठमाडौं । चीनले भारतले पाकिस्तानमाथि गरेको आक्रमणलाई खेदजनक भनेको छ। बुधबार बिहान भारतले पाकिस्तानमाथि मिसाइल आक्रमण गर्दा कम्तिमा ८ जनाको मृत्यु र ३५ जनाभन्दा बढी घाइते भएका छन्। चीनको विदेश मन्त्रालयले विज्ञप्ती जारी गरेर उक्त हमलालाई 'खेदजनक' भनेको अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएको छ।

मन्त्रालयले दुवै देशलाई संयमता अपनाउन आग्रह गरेको पनि रोयटर्सले लेखेको छ। 'चीनले भारतको आज बिहानको सैन्य कारबाहीलाई दु:खद मानेको छ। हामी वर्तमान अवस्थाप्रति चिन्तित छौं,' मन्त्रालयको विज्ञप्तीमा भनिएको छ। चीनले भारत र पाकिस्तान एक अर्काका छिमेकी रहेको र ती दुवै देश चीनको छिमेकी रहेको बताएको छ। चीनले सवै प्रकारको आतंकवादको विरोध गर्ने पनि विज्ञप्तीमा उल्लेख छ।

'हामी दुवै पक्षलाई संयम अपनाउन र अवस्थालाई थप जटिल बनाउन सक्ने कुनै पनि कदम नचाल्न आग्रह गर्दछौं,' विज्ञप्तीमा उल्लेख छ। यसअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारत-पाकिस्तानबीच जारी आक्रमण चाँडै अन्त्य हुने विश्वास व्यक्त गरेका थिए। 

'मैले आक्रमणबारे भर्खरै सुनेँ। दुई मुलुकबीच दशकौंदेखि द्वन्द्व छ। मेरो आशा छ अहिलेको आक्रमण चाँडै सकिने छ,' पत्रकारहरूले भारत-पाकिस्तानबीच सुरू भएको आक्रमणबारे ट्रम्पले उत्तर दिँदै भनेका थिए।  अमेरिकी विदेशमन्त्री मार्को रूबिओले पनि भारत पाकिस्तानबीच सुरू भएको आक्रमणलाई अमेरिकाले नजिकबाट हेरिरहेको बताएका छन्।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै