डिजेलको मूल्य घट्यो

Nagarik Sewa 4680+ समाचार ( )
१६ कार्तिक २०८२, शनिबार

काठमाडौं । नेपाल आयल निगमले डिजेलको मूल्य घटेको जनाएकाे छ। निगमले शुक्रबार एक विज्ञप्ति जारी गर्दै पेट्रोल मूल्य स्थिर र डिजेलको मूल्य घटेको जानकारी दिएको हो।इण्डियन आयल कर्पोरेशनबाट प्राप्त पेट्रोलियम पदार्थको नयाँ खरिद मूल्य अनुसार प्रतिलिटर पेट्रोलमा ० दशमलव ०३ र हवाई इन्धनमा प्रतिलिटर ० दशमलव ८६ रुपैयाँले बढेर तथाप्रति लिटर डिजेलमा १ दशमलव १९ रुपैयाँले घटेर आएको निगमले जनाएको छ।

तर, निगमको‍ शुक्रबारको सञ्चालक समितिको निर्णय अनुसार पेट्रोलको मूल्यमा कुनै परिवर्तन नगरी स्थिर राखिएको छ। निगम सञ्चालक समितिको शुक्रबारको निर्णयानुसार शनिबारदेखि लागू हुनेगरी साविकको खुद्रा बिक्री मूल्यमा प्रतिलिटर डिजेलर मट्टितेलमा प्रतिलिटर १ रुपैयाँले घटाइएको तथा हवाई इन्धन आन्तरिकतर्फ प्रतिलिटर १ रुपैयाँ र हवाई इन्धन अन्तर्राष्ट्रियतर्फ काठमाडौंको लागि प्रतिकिलोलिटर अमेरिकी डलर ७ ले बढाएको निगमले जनाएकाे छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार