काठमाडौं। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार नेपाली बजारमा सोमबार सुनको मूल्य सामान्य बढेको छ।आज छापावाल सुनको मूल्य तोलामा ५ सय रूपैयाँले बढेको हो। आइतबार तोलामा २ लाख ४२ हजार ८०० रुपैयाँमा कारोबार भएको सुन सोमबार बढेर २ लाख ४३ हजार ३ सय रूपैयाँमा कारोबार भइरहेको छ ।
यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । तोलामा २० रूपैयाँले बढेर चाँदी ३ हजार २ सय ५५ रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।