काठमाडौं। भारतको हिमाचल प्रदेशको हमीरपुर जिल्लाको रक्कड गाउँमा सोमबार बेहुलासहित एकै परिवारका २५ जनालाई बारुलोले चिल्दा विवाह नै स्थगित गर्नु परेको छ ।
भारतीय सञ्चारमाध्यमका अनुसार बेहुलासहित परिवारका सदस्यहरू विवाहको तयारीमा थिए । उनीहरू स्थानीय एक मन्दिरमा पूजा गरेर आशीर्वाद लिन गएका थिए । मन्दिरमै उनीहरूमाथि बारुलोको हुलले हमला गरेको थियो । यस क्रममा २५ जना घाइते भएका र तीमध्ये ५ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ ।
बेहुलाका पिता दिलीप सिंहका अनुसार घाइतेलाई नादौन अस्पतालमा उपचारका लागि भर्ना गरिएको छ । बेहुलासमेत गम्भीर घाइते भएका कारण विवाह स्थगित गरिएको छ ।