एक वर्षीया नाबालिको घाँटी थिचेर हत्या

Nagarik Sewa 4849+ समाचार ( )
५ मंगशिर २०८१, बुधवार

काठमाडौं। बझाङ सुर्मा गाउँपालिका–१, नउलाकीमा एक वर्षीया नाबालिका गीता साउँदको हत्या भएको छ । जिल्ला प्रहरी कार्यालय बझाङका प्रहरी निरीक्षक लोकेन्द्र ठगुन्नाका अनुसार हत्या आरोपमा ३२ वर्षीय प्रेमबहादुर बोहरालाई पक्राउ गरिएको छ । 

‘बोहराले नाबालिकाको घाँटी थिचेर हत्या गरेको स्वीकार गरेका छन्,’ उनले भने, ‘प्रेमबहादुर ती नाबालिकाका सौतेनी बुवा हुन् ।’  उनका अनुसार बोहराले मनकली साउँदलाई गत भदौ २२ मा विवाह गरेर ल्याएका थिए । गीता मनकलीले बोहरासँग विवाह गर्नुअघि अछामको मंगलसेन नगरपालिका–३ का प्रेम साउँदसँग विवाह गरेकी थिइन् । गीता मनकली र प्रेम साउँदकी छोरी हुन् । 

प्रहरीका अनुसार मनकला र हत्या आरोपी बोहराबीच २ मंसिरमा विवाद भएको थियो । विवादकै क्रममा बोहराले नाबालिकाको घाँटी थिचेर हत्या गरेका हुन् । घटनाबारे प्रहरीलाई भने ३गते साँझ मात्रै जानकारी प्राप्त भएको प्रहरी निरीक्षक ठगुन्नाले बताए । अहिले सात दिनको म्याद थप गरेर बोहरामाथि अनुसन्धान भइरहेको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार