यमनले गर्यो भारतीय नर्स निमिषा प्रियाको मृत्युदण्ड स्थगित

Nagarik Sewa 4392+ समाचार ( )
३१ आश्विन २०८२, मङ्गलबार

काठमाडौं। यमनले भारतीय नर्स निमिषा प्रियाको मृत्युदण्ड स्थगित गरेको छ । निमिषा प्रियालाई जुलाई १६ मा व्यापार साझेदार तलाल अब्दो महदीको हत्या गरेको मुद्दामा फाँसी दिइँदै थियो ।

एक्टिभिष्ट समूह र प्रभावशाली धार्मिक नेताले यो मामिलामा दखल दिएपछि मृत्युको सजाय स्थगित भएको भन्दै खबर आइरहेका छन् । केरलाका प्रभावशाली सुन्नी मुस्लिम नेता कन्थापुरम ए पी अबुबकर मुसलियार र भारत सरकारको हस्तक्षेपपछि यमनका स्थानीय अधिकारीहरूले निमिषाको सजाय स्थगित गरेको समाचारमा भनिएको छ ।

पछिल्ला दिनहरूमा भारत सरकारले निमिषा प्रियाको परिवारलाई अर्को पक्षसँग पारस्परिक रूपमा सहमतिसहित समाधान खोज्न थप समय दिन निरन्तर प्रयास गरिरहेको थियो । भारतीय अधिकारीहरू यमनका जेल अधिकारीहरू र अभियोजकको कार्यालयसँग नियमित सम्पर्कमा थिए । 

भारतीय नर्स निमिषा २०१७ देखि जेलमा थिइन् । उनीमाथि यमनी नागरिक तलाल अब्दो महदीलाई लागूऔषधको ओभरडोज दिएर हत्या गरेको आरोप छ । निमिषा र महदी यमनको एक निजी क्लिनिकमा साझेदार थिए । निमिषाको राहदानी आफ्नो कब्जामा राखेको महदीले उनलाई यातना दिने गरेको भनिएको छ । एजेन्सी

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै