तोलामा ११ सयले बढ्यो सुनको मूल्य

Nagarik Sewa 1541+ समाचार ( )
७ फाल्गुन २०८१, बुधवार

काठमाडौं। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । मंगलबार ७ सय रुपैयाँले बढेको सुनको मूल्य बुधबार ११ सय रुपैयाँले बढेको हो । 

बुधबार सुन प्रतितोला १ लाख ७० हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार सुन प्रतितोला १ लाख ६९ हजार ४ सय रुपैयाँ निर्धारण गरिएको थियो ।चाँदी बुधबार १ हजार ९ सय ८५ रुपैयाँमा कारोबार भइरहेको छ । चाँदी मंगलबार १ हजार ९ सय ७० रुपैयाँमा कारोबार भएको थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै