मुख्य समाचार
को हुन् इजरायलको नयाँ प्रधानमन्त्री बन्न लागेका आइजनकोट ? | पृथ्वी राजमार्ग दुईतर्फी सञ्चालनमा, घोप्टेभिरको पहिरो पन्छाइयो | सशस्त्र प्रहरीले पनि कुकुर तिहार मनायो | दशौं राष्ट्रिय खेलकुदका खेलहरू मंसिर ८ देखि हुने | नेपाली काँग्रेस देउवा पक्षको काठमाडौं अधिवेशन: बटुकद्वारा स्वस्तिवाचन सहित देउवाद्वारा उद्घाटन | सर्वोच्च अदालतका लागि प्रस्तावित चारै जना न्यायाधीशहरु संसदीय सुनुवाइबाट अुनमोदित | ढाकाटोपीमा सजिएर नेपाल फेस्टिभलमा अस्ट्रेलियाका प्रधानमन्त्रीको सम्बोधन | परराष्ट्रमन्त्री खनाल कोप–३१ मा सहभागी हुन टर्कि प्रस्थान | देउसीभैलो खेल्नका लागि जिल्ला प्रशासनद्वारा १२ बुँदे चेतावनी जारी | आईजीपी हेरफेर किन गरियो व्यवहारबाट देखिनुपर्छ : रवि लामिछाने |

उमन्स डे कप टी २० श्रृंखलामा नेपालले हङकङलाई हरायो

Nagarik Sewa 5112+ समाचार ( )
३० फाल्गुन २०८१, शुक्रबार

काठमाडौं। युगान्डामा जारी चार देश सम्मिलित उमन्स डे कप टी २० श्रृंखलामा समूह चरणको आफ्नो अन्तिम खेलमा आज नेपालले हङकङलाई ६ विकेटले पराजित गरेको छ । नेपाल फाइनल दौडबाट बाहिरिइसकेको छ।

हङकङले टस जितेर ब्याटिङ गर्दै निर्धारित २० ओभरमा १०४ रन जोड्न सफल भएको थियो । नेपालले १९.३ ओभरमा ४ विकेट गुमाएर लक्ष्य भेट्यो । नेपालका लागि ओपनर सम्झना खड्काले आक्रामक ब्याटिङ गर्दै ४७ रन बनाइन् । उनले ४३ बल खेल्दा ३ चौका प्रहार गरेकी थिइन् ।

ओपनिङमै आएकी कप्तान इन्दु वर्माले ३२ बलको सामना गर्दै १८ रन बनाएर आउट भइन् । पूजा महतो २६ बलमा २० रन बनाएर अविजित रहिन् । आज पनि नेपालले दुई ब्याटरलाई रनआउटका रुपमा गुमाएको थियो । रोमा थापा ४ रन र विन्दू रावल ४ रनमा रनआउट भएका थिए । 

यसअघि बलिङमा नेपालका लागि राजमती ऐरीले उत्कृष्ट प्रदर्शन गरिन् । उनले ४ ओभरमा १७ रन खर्चेर तीन विकेट लिएकी थिइन् । यस्तै कप्तान इन्दुले ४ ओभरमा १२ रन खर्चेर दुई विकेट लिइन् । पूजा र ईश्वरी विष्टले १(१ विकेट बाँडे । हङकङकी ओपनर साहजीन साहजादले ५४ रनको अर्धशतकीय पारी खेल्दै टीमलाई सम्मानजनक स्कोरमा पुर्‍‍याएकी थिइन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार