मुख्य समाचार
को हुन् इजरायलको नयाँ प्रधानमन्त्री बन्न लागेका आइजनकोट ? | पृथ्वी राजमार्ग दुईतर्फी सञ्चालनमा, घोप्टेभिरको पहिरो पन्छाइयो | सशस्त्र प्रहरीले पनि कुकुर तिहार मनायो | दशौं राष्ट्रिय खेलकुदका खेलहरू मंसिर ८ देखि हुने | नेपाली काँग्रेस देउवा पक्षको काठमाडौं अधिवेशन: बटुकद्वारा स्वस्तिवाचन सहित देउवाद्वारा उद्घाटन | सर्वोच्च अदालतका लागि प्रस्तावित चारै जना न्यायाधीशहरु संसदीय सुनुवाइबाट अुनमोदित | ढाकाटोपीमा सजिएर नेपाल फेस्टिभलमा अस्ट्रेलियाका प्रधानमन्त्रीको सम्बोधन | परराष्ट्रमन्त्री खनाल कोप–३१ मा सहभागी हुन टर्कि प्रस्थान | देउसीभैलो खेल्नका लागि जिल्ला प्रशासनद्वारा १२ बुँदे चेतावनी जारी | आईजीपी हेरफेर किन गरियो व्यवहारबाट देखिनुपर्छ : रवि लामिछाने |

नेसपा र माओवादी केन्द्रबिच महाधिवेशनको बेला एकता गर्ने सहमति

Nagarik Sewa 5112+ समाचार ( )
२५ असार २०८२, बुधवार

काठमाडौं। महिन्द्र राययादव नेतृत्वको नेपाल समाजवादी पार्टी(नेसपा) र नेकपा (माओवादी केन्द्र) बिच महाधिवेशनको बेला एकता गर्ने सहमति भएको छ । पार्टीबाट आपसी समझदारीमै सहअध्यक्ष गंगानारायण समूह माओवादीमा समाहित भएपछि अध्यक्ष यादवले असार ७ गते पार्टी पुनर्गठन गरेका थिए ।

केन्द्रीय समितिको निर्णयसहित केही दिनअघि यादवले प्रचण्डसँग छलफल गरी पार्टी एकतामा सहमति जुटाएको हो । छलफलको क्रममा यादवले एकताका लागि आफू सकारात्मक रहेको स्पष्ट पार्दै उनले पार्टीको नाम, झन्डा, ब्यानर लगायत विषय चाँडै टुंग्याउन आग्रह गरेका थिए । प्रचण्डसँगको कुराकानीमा माओवादीको महाधिवेशनसँगै एकताको विषय टुङ्ग्याउने समझदारी भएको यादवले जानकारी दिए । 

अध्यक्ष यादवले पार्टीको नाम जे राखे पनि महाधिवेशनको निर्णय आफूहरूलाई मान्य हुने बताए । जवाफमा प्रचण्डले पार्टीको जागरण अभियान सम्पन्न भए लगत्तै केन्द्रीय समिति बैठक बस्ने र त्यसले महाधिवेशनको मिति तय गर्ने बताएको उनले जानकारी दिए । सहमति अनुसार नै पार्टीले सङ्गठन विस्तार गर्ने तर राष्ट्रिय भेला वा महाधिवेशन नगर्ने यादवले स्पष्ट पारे ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार