रास्वपा कार्यालयमा शिक्षक महासङ्घको धर्ना

Nagarik Sewa 4680+ समाचार ( )
१७ भाद्र २०८२, मङ्गलबार

काठमाडौं। प्रस्तावित विद्यालय शिक्षा विधेयक सच्याउन माग गर्दै आज नेपाल शिक्षक महासङ्घले राष्ट्रिय स्वतन्त्र पार्टीको पार्टी कार्यालयमा धर्ना दिएको छ। महासङ्घ र सरकारबिच विगतमा भएका सहमतिअनुसार शिक्षा विधेयक सच्याउन माग गर्दै महासङ्घ पहिलो चरणको आन्दोलनअन्तर्गत रास्वपा कार्यालयमा धर्नामा बसेको हो। 

संसदीय समितिबाट पारित भएर प्रतिनिधि सभामा पुगेको शिक्षा विधेयकमा महासङ्घका मागहरू सम्बोधन गर्न दबाब दिनको लागि आफूहरू आन्दोलनमा उत्रिएको महासङ्घका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले जानकारी दिए । सार्वजनिक शिक्षालाई उन्नत गराउनको लागि शिक्षक कर्मचारी र नेपाल शिक्षक महासङ्घले राखेका मागहरू सम्बोधन गर्नुको विकल्प नरहेको महासङ्घले बताएको छ । 

महासङ्घले भदौ २० सम्म धर्ना कार्यक्रम जारी राख्नेछ । प्रतिनिधि सभाको शिक्षा, स्वास्थ्य तथा प्रविधि समितिबाट विद्यालय शिक्षा विधेयक भदौ ५ मा पारित गरिएको थियो । विधेयकमा प्रमुख प्रतिपक्षी नेकपा (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसदहरूले फरक मत राखेका छन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै