नवनियुक्त सचिव अधिकारीद्वारा शपय ग्रहण

Nagarik Sewa 4577+ समाचार ( )
३१ वैशाख २०८३, बिहीबार

काठमाडौं। संघीय संसद् सचिवालयका नवनियुक्त सचिव प्रकाश अधिकारीले बिहीबार (वैशाख ३१) पद तथा गोपनीयताको शपथ लिनुभएको छ। सिंहदरबारस्थित संसद् सचिवालयमा आयोजित एक समारोहबीच उहाँले शपथ लिनुभएको हो। उहाँलाई सभामुख डोलप्रसाद (डीपी) अर्यालले शपथग्रहण गराउनुभयो।

राष्ट्रपति रामचन्द्र पौडेलले सभामुख अर्यालको सिफारिसमा अधिकारीलाई प्रतिनिधिसभाको सचिव पदमा नियुक्त गर्नुभएको थियो। संखुवासभाको खाँदबारी नगरपालिका–३ का स्थायी बासिन्दा अधिकारी निजामती सेवाको उपसचिवबाट सेवानिवृत्त कर्मचारी हुनुहुन्थ्यो।

सभामुख अर्यालले हर्कराज राईलाई सचिव पदबाट मुक्त गर्दै रिक्त स्थानमा अधिकारीको नाम सिफारिस गरेका थिए । संघीय संसद्का महासचिव, प्रतिनिधिसभाका सचिव र राष्ट्रियसभाका सचिवलाई सम्बन्धित सदनको सभामुख वा अध्यक्षको सिफारिसमा राष्ट्रपतिले नियुक्त गर्ने तथा पदमुक्त गर्ने प्रावधान छ । 

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार