काठमाडौं । नेपाली बजारमा सुनको मूल्य तोलामा ३१ सय रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुन तोलामा ३१ सय घटेर दुई लाख ८२ हजार १०० रुपैयाँ कायम भएको छ । बिहीबार दुई लाख ८५ हजार २०० मा कारोबार भएको थियो ।
चाँदीको मूल्य १२५ रुपैयाँ घटेर चार हजार २०० रुपैयाँ कायम भएको छ । बिहीबार चाँदी प्रतितोला चार हजार ३२५ रुपैयाँमा कारोबार भएको थियो ।