मुख्य समाचार
को हुन् इजरायलको नयाँ प्रधानमन्त्री बन्न लागेका आइजनकोट ? | पृथ्वी राजमार्ग दुईतर्फी सञ्चालनमा, घोप्टेभिरको पहिरो पन्छाइयो | सशस्त्र प्रहरीले पनि कुकुर तिहार मनायो | दशौं राष्ट्रिय खेलकुदका खेलहरू मंसिर ८ देखि हुने | नेपाली काँग्रेस देउवा पक्षको काठमाडौं अधिवेशन: बटुकद्वारा स्वस्तिवाचन सहित देउवाद्वारा उद्घाटन | सर्वोच्च अदालतका लागि प्रस्तावित चारै जना न्यायाधीशहरु संसदीय सुनुवाइबाट अुनमोदित | ढाकाटोपीमा सजिएर नेपाल फेस्टिभलमा अस्ट्रेलियाका प्रधानमन्त्रीको सम्बोधन | परराष्ट्रमन्त्री खनाल कोप–३१ मा सहभागी हुन टर्कि प्रस्थान | देउसीभैलो खेल्नका लागि जिल्ला प्रशासनद्वारा १२ बुँदे चेतावनी जारी | आईजीपी हेरफेर किन गरियो व्यवहारबाट देखिनुपर्छ : रवि लामिछाने |

कांग्रेस सहमहामन्त्रीमा निर्वाचित भए खतिवडा र शिवाकोटी

Nagarik Sewa 5112+ समाचार ( )
२७ अशोज २०८३, मङ्गलबार

 काठमाडौं। नेपाली कांग्रेसको १५औं महाधिवेशनअन्तर्गत सहमहामन्त्री खुलातर्फ नेताद्वय रामहरि खतिवडा र अजयबाबु शिवाकोटी निर्वाचित भएका छन्। तर, केन्द्रीय निर्वाचन समितिले मतगणनाको अन्तिम नतिजा भने औपचारिक रुपमा घोषणा गरिसकेको छैन। सहमहामन्त्रीमा निर्वाचित खतिवडाले आफू दुई हजार ९१९ मतसहित विजयी भएको नतिजा पाएको जानकारी दिए। उनका अनुसार अर्का निर्वाचित सहमहामन्त्री शिवाकोटीले दुई हजार ७२ मत ल्याएका छन्।

सहमहामन्त्री (खुलातर्फ) नौ जना उम्मेदवारहरू चुनावी प्रतिष्पर्धामा थिए। तेस्रो भएका डिल्लीराम सुवेदीले एक हजार ८५१ मत प्राप्त गरेका छन्। उनी गण्डकी प्रदेशका सांसद हुन्। पूर्वगृहराज्यमन्त्री देवेन्द्रराज कण्डेलले एक हजार ३८२, राजिव ढुंगानाले एक हजार २४१, विकास कोइरालाले एक हजार १४९ मत ल्याएका छन्। यस्तै अमृतकुमार अर्यालले एक हजार ३९, रमेश धमलाले ८२१ र विमल क्षेत्रीले २८२ मत प्राप्त गरेको नेता खतिवडाले जानकारी दिए।

सहमहामन्त्री (खुलातर्फ) मा सर्वाधिक मतसहित विजयी भएका नेता खतिवडा २ असोजमा देउवा समूह छाडेर मूलधारमा फर्किएका थिए। देउवा समूह छाडेर पछिल्लो समय मूलधारमा फर्किएका नेताहरूमध्ये अहिलेसम्म दुई जना नेतामात्रै पदाधिकारीमा निर्वाचित भएका छन्। खतिवडाभन्दा अघि कर्णाली प्रदेशका पूर्वमुख्यमन्त्री जीवनबहादुर शाही सहमहामन्त्री (पिछडिएको क्षेत्र)मा विजयी भएका थिए।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार