काठमाडौं। गृहमन्त्री ओमप्रकाश अर्यालले गृह मन्त्रालय परिसरमा पत्रकारहरूसँग कुरा गर्दै जेनजीको नाममा कार्यालयहरूमा गएर धम्क्याउनेलाई नियन्त्रणमा लिइने प्रतिवद्धता जनाउनुभएको छ।
जेनजीको नाममा कार्यालयहरूमा गएर धम्क्याउने कार्य भइराखेको पत्रकारहरूको प्रश्नमा गृहमन्त्री अर्यालले ‘त्यो गलत कुरा भएको’ प्रतिक्रिया दिनुभयो। उहाँले थप भन्नुभयो, ‘तिनीहरूलाई नियन्त्रणमा लिइन्छ ।’
गृहमन्त्री अर्यालले भन्नुभयो, ‘जेनजीका नाममा कसैले गलत क्रियाकलाप गर्छ भने ‘ । जेनजीको विद्रोह सुशासनको लागि हो । त्यो (कार्यालयमा गएर धम्क्याउने) गलत क्रियाकलाप हो । सुशासन विरोधी क्रियाकालप हो । त्यसलाई सरकारले निगरानी गर्छ, त्यसलाई समयक्रममा हामीले, हाम्रो पुलिस प्रशासन सबै लाग्छ, त्यो कुरालाई काबुभित्र राख्छ ।’