सम्पत्ति विवरण हामीले बुझाइसक्यौ, प्रधानमन्त्री कार्यालयले सार्वजनिक गरेन: कुलमान घिसिङ

Nagarik Sewa 4372+ समाचार ( )
९ पौष २०८२, बुधवार

काठमाडौं । जेनजी आन्दोलनको जगमा सुशासनको कुरा उठाउँदै गठित वर्तमान सुशीला कार्की नेतृत्वको मन्त्रिपरिषद्का सदस्यको सम्पत्ति विवरण सय दिन बितिसक्दा पनि सार्वजनिक भएको छैन । सम्पत्ति विवरण सार्वजनिक नभएपछि विभिन्न टिकाटिप्पणी भइरहेका बेला सहरी विकासमन्त्री कुलमान घिसिङले भने प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई दोष थुपारिदिएका छन् ।

मन्त्रालयमा आज सय दिनको प्रगति विवरण सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा सोधिएको प्रश्नको जवाफ दिँदै उनले सम्पत्ति विवरण प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सार्वजनिक नगरेको बताएका हुन् ।

‘लामो समयसम्म कर्मचारीको हैसियतमा विवरण बुझाएकै हुन्थ्यो । यो वर्ष क्याबिनेटमा सबैले समयभित्रै गर्नु भएको थियो । सार्वजनिक गर्ने प्रधानमन्त्री कार्यालय हो,’ उनले भने, ‘हामी ट्रान्फरेन्सिमा र सुशासनको विषयमा हामी कटिबद्ध छौँ। मन्त्रालयअन्तर्गत सुशासनको विषयलाई कठोरताका साथ लागू गर्नुपर्छ हामी जेनजी आन्दोलनबाट आएका छौँ भनेर लागेका छौँ । अहिलेसम्म कुनै पनि ठाउँमा कम्रमाइज गरेका छैनौँ ।’

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार