काठमाडौं। नेपाली बजारमा सोमबार सुनको मूल्य तोलामा ३सय रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
आज छापावाल सुन प्रतितोला १ लाख ६० हजार १०० रुपैयाँमा किनबेच भइरहेको छ। आइतबार छापावाल सुन प्रतितोला १ लाख ६० हजार ४०० रुपैयाँमा खरिद–बिक्री भएको थियो ।
चाँदीको मूल्य पनि तोलामा १५ रुपैयाँले घटेको छ । चाँदी प्रतितोला एक हजार ८५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । आइतबार चाँदी प्रतितोला एक हजार ८६५ रुपैयाँमा किनबेच भएको थियो ।