काठमाडौं। राष्ट्रिय परीक्षा बोर्डले आज अपराह्न ५ बजे बैठक बसेर कक्षा १२ को नतिजा सार्वजनिक गर्ने तयारी गरेको छ ।“नतिजा प्रकाशनमा केही ढिला भएको थियो । हामी यसैको तयारीमा लागेका थियौँ । आज ५ बजे परीक्षा बोर्डको बैठक बस्ने तयारी छ,” बोर्ड सदस्यले भने ।
गत वैशाख ११ गतेदेखि सुरु भएको परीक्षामा पाँच लाख ११ हजार ५२५ विद्यार्थी सहभागी भएका थिए । परीक्षामा नियमिततर्फ तीन लाख ९५ हजार ९०८ जना र आंशिकतर्फ एक लाख १५ हजार ६१७ जना सहभागी थिए ।