समर्थकहरूद्वारा पूर्व राजा साहलाई काठमाडौमा स्वागत

Nagarik Sewa 4401+ समाचार ( )
१ फाल्गुन २०८२, शुक्रबार

काठमाडौं।  महिनौँ लामो झापा बसाइपछि शुक्रबार काठमाडौं फर्केका पूर्व राजा ज्ञानेन्द्र साह त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट निर्मल निवासतर्फ लाग्नुभएको छ । उहाँलाई समर्थकहरूले विभिन्न नारासहित विमानस्थल गेटबाट स्वागत गरेका छन् । उनले गाडीबाट समर्थकहरूलाई हात हल्लाउँदै धन्यवाद दिनुभएको छ। 

विमानस्थलमा उहाँको समर्थनमा बाक्लो संख्यामा समर्थकहरूको उपस्थिति छ। समर्थकहरूले उहाँलाई र्‍यालीसहित निर्मल निवास पुर्‍याउने तयारी गरेका छन्। समर्थकहरूले ‘हाम्रो राजा हाम्रो देश, राजा आउ देश बचाऊ’ लगायतका नारा लगाइरहेका छन्। विमानस्थलमा स्थानीय प्रशासनले निषेधाज्ञा समेत जारी गरेको छ। राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान नेपालका संयोजक दुर्गा प्रसाईंले शाहलाई विमानस्थल भित्रैबाट स्वागत गरेका थिए ।

त्रिुभवन अन्तर्राष्ट्रिय विमानस्थलबाट निर्मल निवास लग्ने तयारी गरेपछि सुरक्षा व्यवस्था कडा बनाइएको छ। जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता पवनकुमार भट्टराईका अनुसार सुरक्षा व्यवस्था मजबुत बनाइएको हो। अहिले काठमाडौंका चोक–चोकमा बाक्लो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ। पूर्वराजा शाह झापाबाट हेलिकप्टरमा काठमाडौं आएका हुन्।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार