मुख्य समाचार
पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल राष्ट्रपति विद्यादेवी भण्डारीबाट सम्मानित | इरानी आक्रमणमा परी मृत्यु भएका ४४ वर्षीय सोमकुमार तामाङको शव नेपालमा | काँकडभिट्टाबाट एक वर्षमा २४ अर्ब ५० करोड बराबरको पेट्रोलियम पदार्थ आयात | सप्तरीमा कर्फ्यु हटाएर प्रशासनले लगायो निषेधाज्ञा | फिफा निलम्बन फुकुवा भए मात्र नेपालले साफ च्याम्पियनसिप खेल्न पाउने | ‘ब्रोड पिक’बाट संकलन गरिँदै छ निर्मल पुर्जासहित १० आरोहीको शव | सुनचाँदीको मूल्य घट्यो | न्यौपाने बन्धु समाज सिन्धुपाल्चोकको चौथो जिल्ला भेलाबाट नयाँ कार्यसमिति चयन | पाकिस्तानमा प्रहरी चौकीमा आक्रमण, ९ प्रहरीसहित २४ जनाको मृत्यु | यो सरकार असफल भए नेपाल राष्ट्र नै असफल हुने खतरा छ: प्रचण्ड |

१.९४ अंकले घट्यो नेप्से

Nagarik Sewa 4670+ समाचार ( )
२२ श्रावण २०८२, बुधवार

काठमाडौं। बुधबार सेयर बजार परिसूचक नेप्से अघिल्लो दिनको तुलनामा १.९४ अंक घटेर २८३२ बिन्दुमा बन्द भएको छ। बजारसँगै कारोबार रकम पनि घटेको छ। अघिल्लो दिन ९ अर्ब ३३ करोडको कारोबार भएकोमा आज ७ अर्ब ६३ करोडको भयो ।

आज माइक्रोफाइनान्समा आकर्षण देखिएको छ । माइक्रोफाइनान्स कम्पनीले गत आर्थिक वर्षकै नाफाबाट सेयरधनीलाई १५ प्रतिशतभन्दा बढी लाभांश दिन पाउने चर्चा बजारमा चलेसँगै यो समूहमा आकर्षण देखिएको हो । सो समूह १.४१ प्रतिशत बढ्यो ।

त्यस्तै लगानी ०.४९, अन्य ०.४४ प्रतिशत बढे । बैंकिङ ०.४७, विकास बैंक ०.६१, फाइनान्स ०.४१, होटल तथा पर्यटन ०.०५, हाइड्रोपावर ०.१५, जीवन बीमा ०.४५, उत्पादन तथा प्रशोधन ०.१०, निर्जीवन बीमा ०.३६ तथा व्यापार ०.६६ प्रतिशत घटे । तीन कम्पनीको मूल्य १० प्रतिशत बढ्यो । १० प्रतिशत बढेका कम्पनीमा विन नेपाल लघुवित्त, माहुली लघुवित्त तथा ट्रेड टावर छन् । त्यस्तै समाज लघुवित्तको ७.९३, स्वाभिमान लघुवित्तको ७.८३ प्रतिशत मूल्य बढ्यो । थ्रीस्टार हाइड्रोपावरको ३.७८, समता घरेलु लघुवित्तको २.७२, युनिलिभर नेपालको २.७१ प्रतिशत मूल्य घट्यो।

आज धेरै कारोबार भएका कम्पनीमा ङादी ग्रुप, हिमालयन रिइन्स्योरेन्स, शिवम् सिमेन्ट, एनआरएन इन्फ्रास्ट्रक्चर र बलेफी हाइड्रोपावर क्रमशः अगाडि रहे ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै