मुख्य समाचार
प्रधानमन्त्री राहत कोषमा १५ अर्बभन्दा बढी मौज्दात | बैठकमा पदाधिकारीलाई दिएनन् ओलीले बोल्न | प्रधानन्यायाधीश शर्माको कार्यकालको प्रथम चौमासिक प्रगति विवरण सार्वजनिक | सुनको मूल्यमा गिरावट | भोटेकोसी बाढीपीडितका निम्ति तीन हजार २७९ रोपनी जग्गा पहिचान | त्रिपुरेश्वरमा सोमबार दिउँसो बसमा आगलागी भएको मृतक चालकको खुल्यो पहिचान | बिदाइको तामझाम नगरी अमेरिका जाँदै प्रधानमन्त्री | मलाई विस्थापित गर्ने बेमौसमी बाजा बजाइरहेका छन् :केपी ओली | जोखिम नरहेको अवस्थामा पक्राउ परेका व्यक्तिलाई हतकडी लगाउन रोक | सुत्केरीलाई ६ महिना र श्रीमान्‌लाई ४२ दिन बिदा प्रस्ताव संसदमा |

प्रधानमन्त्रीको निर्देशनपछि त्रिवि क्रिकेट मैदानमा फ्लडलाइट र प्यारापिट निर्माणको काम धमाधम

Nagarik Sewa 4868+ समाचार ( )
२५ वैशाख २०८२, बिहीबार

काठमाडौं। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा फ्लडलाइट र प्यारापिट निर्माणको काम तोकिएको समयमा नसकिने भएपछि प्रधानमन्त्री केपी ओलीले सहरी विकास मन्त्रालय र निर्माण कम्पनीका प्रतिनिधिलाई स्पष्टीकरण सोध्नुभएको थियो। तोकिएको समयमा काम नसकिने भएपछि प्रधानमन्त्रीले थप दुई महिनामा प्यारापिट निर्माण र फ्लडलाइट जडानको काम पूरा गर्न सम्बद्ध पक्षलाई निर्देशन पनि दिनुभएको थियो।

प्रधानमन्त्रीको निर्देशनसँगै क्रिकेट मैदानमा तीव्र गतिमा काम भइरहेको छ। असार अन्तिम सातासम्म काम सकिने निर्माण कम्पनीले प्रतिबद्धता गरेको छ ।

फ्लडलाइट र १० हजार सिट क्षमताको प्यारापिट बनाउने काम भइरहेको छ । प्यारापिट बनाउन बिकेओआई(केसीडिसी(बिजी जेभीले ४३ करोड ७७ लाखमा र फ्लडलाइट जडानका लागि विशन-ईश्वरी जेभीले ४२ करोड १९ लाखमा ठेक्का पाएका छन् । दुवै काम यही वैशाख २४ गतेभित्र सक्ने मन्त्रिपरिषद् बैठकले निर्णय गरेको थियो ।

यसअघि वैशाख ४ गते उपप्रधान एवं सहरी विकास मन्त्री प्रकाशमान सिंहले त्रिवि क्रिकेट मैदानमा निर्माणाधीन प्यारापिट र फ्लडलाइट जडान कार्यको स्थलगत अनुगमन गरी तोकिएको समयभित्र निर्माण सम्पन्न हुने विश्वास व्यक्त गर्नुभएको थियो। त्यसपछि उहाँले केही दिन मन्त्रालयबाटै निर्माण कार्यको अनुगमन पनि गर्नुभएको थियो। 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार