मुख्य समाचार
पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल राष्ट्रपति विद्यादेवी भण्डारीबाट सम्मानित | इरानी आक्रमणमा परी मृत्यु भएका ४४ वर्षीय सोमकुमार तामाङको शव नेपालमा | काँकडभिट्टाबाट एक वर्षमा २४ अर्ब ५० करोड बराबरको पेट्रोलियम पदार्थ आयात | सप्तरीमा कर्फ्यु हटाएर प्रशासनले लगायो निषेधाज्ञा | फिफा निलम्बन फुकुवा भए मात्र नेपालले साफ च्याम्पियनसिप खेल्न पाउने | ‘ब्रोड पिक’बाट संकलन गरिँदै छ निर्मल पुर्जासहित १० आरोहीको शव | सुनचाँदीको मूल्य घट्यो | न्यौपाने बन्धु समाज सिन्धुपाल्चोकको चौथो जिल्ला भेलाबाट नयाँ कार्यसमिति चयन | पाकिस्तानमा प्रहरी चौकीमा आक्रमण, ९ प्रहरीसहित २४ जनाको मृत्यु | यो सरकार असफल भए नेपाल राष्ट्र नै असफल हुने खतरा छ: प्रचण्ड |

कांग्रेसको प्रतिज्ञा पत्र सार्वजनिक

Nagarik Sewa 4670+ समाचार ( )
७ फाल्गुन २०८२, बिहीबार

काठमाडौं ।  ‘बदलियो कांग्रेस, बदल्छौ देश’ भन्दै नेपाली कांग्रेसले प्रतिज्ञा पत्र सार्वजनिक भएको छ।सभापति गगन थापाले १९८ पृष्ठको प्रतिज्ञा पत्र सार्वजनिक गरेका हुन्। प्रतिज्ञा पत्रमा नेपाली कांग्रेसले आफ्नो नेतृत्वमा हासिल भएका राजनीतिक, आर्थिक र सामाजिक उपलब्धिको सगौरव स्वामित्व लिँदै सरकार सञ्चालनको क्रममा वा प्रतिपक्षको भूमिकामा रहँदा जानेर वा नजानेर भएका कमजोरीबाट शिक्षा लिएर तिनलाई दोहोरिन नदिन दृढ प्रतिबद्धता व्यक्त गरेको छ।

कांग्रेसले परिस्थितिको फाइदा उठाउने प्रवृत्ति अर्थात् नवयुवा विद्रोहलाई रणनीतिक रूपमा प्रयोग गरेर राजनीतिक अभीष्ट पूरा गर्ने  प्रवृत्तिले उत्तेजना र घृणामार्फत मुलुकलाई तीव्र ध्रुवीकरणतर्फ धकेल्ने दाबी गरेको छ। कांग्रेसले भनेको छ, ‘नवयुवाको विद्रोहलाई बेवास्ता गर्ने  वा ‘नकार्ने ’ राजनीतिमा विश्वास गर्छौ  न त जनता र नवयुवाको पीडाबाट राजनीतिक लाभ उठाउने ‘लाभांश’ को राजनीतिमा विश्वास गर्छौं। नेपाली कांग्रेस सङ्कटबाट भाग्दैन र सङ्कटलाई पन्छाउन वा त्यसबाट लाभ उठाउन खोज्दैन।’ 

भदौ २३ गते भएको दमन र २४ गतेको विध्वंसमा भएका मानवीय क्षतिलगायतका घटनाहरूको स्वतन्त्र, निष्पक्ष छानबिनमार्फत सत्य अन्वेषण तथा न्याय निरूपण गरिनुपर्ने बताएको छ। कांग्रेसको प्रतिज्ञा पत्रमा भनिएको छ, ‘भदौ २३ र २४ गतेको नवयुवा विद्रोहको क्रममा भदौ २३ गते भएको दमन र २४ गतेको विध्वंसमा भएका मानवीय क्षतिलगायत गम्भीर मानवअधिकार उल्लङ्घन तथा हिंसाजन्य ज्यादतीका घटनाहरूको यथाशीघ्र स्वतन्त्र, निष्पक्ष छानबिनमार्फत सत्य अन्वेषण तथा न्याय निरूपण गरिनु पर्दछ। घटनामा संलग्न दोषीहरूलाई कानुनको कठघरामा उभ्याई पीडितलाई न्याय सुनिश्चित गर्ने  विषयमा नेपाली कांग्रेसको अविचलित प्रतिबद्धता छ।’

नेपाली कांग्रेसले नागरिकका आकांक्षा अनुसार ‘डेलिभरी’ गर्ने लोकतान्त्रिक प्रणालीको संस्थागत विकास गर्ने बताएको छ। कांग्रेसले २०४८ सालपछि सार्वजनिक जीवनका उच्च तहमा रहेका हरेक व्यक्तिको सम्पत्ति छानबिन गर्न ६ महिनाभित्र उच्चस्तरीय अधिकार सम्पन्न छानबिन आयोगको गठन गर्ने बताएको छ। 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार