मुख्य समाचार
राहदानी विभागका महानिर्देशक अर्याल नियन्त्रणमा | प्रकाश विष्ट रास्वपा सुदूरपश्चिम सभापति निर्वाचित | प्रधानमन्त्रीले सदनमा आएर विवादित अभिव्यक्ति नसच्याए आन्दोलनको स्वरूप फेर्ने नेकपाको चेतावनी | तोलामा ३ सयले बढ्यो सुनको मूल्य | सेफ सन्तोष साहलाई ३ दिन थुनामा राखेर अनुसन्धान गर्न अदालतको अनुमति | नेपाल बैंकका ग्राहक र कर्मचारीलाई इन्द्रप्रस्थ अपोलो अस्पतालमा उपचारमा १० प्रतिशत छुट | १२.२६ अंकले घट्यो नेप्से | स्नातक तहको ट्रान्सक्रिप्ट अब अनलाइनबाट मात्रै | ट्राफिक प्रहरीको विशेष सडक सचेतना अभियान सुरु | भीरबाट टेम्पो खसाल्ने १२ जना प्रहरी नियन्त्रणमा |

बालकोटको घर ट्रस्टलाई दान गरिसकेको प्रधानमन्त्री ओलीको दाबी

Nagarik Sewa 4519+ समाचार ( )
१० फाल्गुन २०८१, शनिबार

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले लोकतन्त्र र लोकतान्त्रिक प्रणालीमा हेरफेर हुनसक्ने कुरालाई सामान्य मान्नुपर्ने बताउनुभएको छ ।

शनिबार प्रथम महिला राधिका शाक्यको आत्मकथा करुणाको लोकार्पण समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओली लोकतन्त्र र लोकतान्त्रिक प्रणालीमा बाहेक संरचनागत पक्षहरु बढी सुधार हेरफेर हुनसक्ने बताउनुभयो । उहाँले सात वटा प्रदेश ९ वटा हुनसक्ने र सात वटा प्रदेश ५ वटा हुन सक्ने पनि बताउनुभयो ।

प्रधानमन्त्री ओलीले नागरिकको आवश्यकता हेरेर प्रदेश घटबढ गर्न सकिने बताउनुभयो । उहाँले देश, विकास र जनताको आवश्यकताअनुसार सुधार हुने कुरालाई रुवाबासी गर्न जरुरी नरहेको जिकिर गर्नुभयो । उहाँले अब राजनीतिक परिवर्तन गर्नुपर्ने, प्रणाली नै हेरफेर गर्न आवश्यक नरहेको भन्दै सुधारहरु गर्नेकुरालाई सामान्य रुपमा लिनुपर्ने बताउनुभयो ।

प्रधानमन्त्री ओलीले भक्तपुरको बालकोटमा रहेको घर आफ्नो बलबुँताले बनाएको नभइ श्रीमती राधिका शाक्यको कमाईबाट बनाएको बताउनुभयो । उहाँले उक्त घर पनि नेपाल ट्रस्टलाई दान गरिसकेको बताउनुभयो । उहाँले आफूजति श्रीमतीसँग खुशी मानिस अर्को सायदै हुने बताउनुभयो । प्रधानमन्त्री ओलीले श्रीमती राधिका नहुने हो भने अहिलेसम्म आफू बाच्न सम्भव नरहेको जिकिर गर्नुभयो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार