मुख्य समाचार
को हुन् इजरायलको नयाँ प्रधानमन्त्री बन्न लागेका आइजनकोट ? | पृथ्वी राजमार्ग दुईतर्फी सञ्चालनमा, घोप्टेभिरको पहिरो पन्छाइयो | सशस्त्र प्रहरीले पनि कुकुर तिहार मनायो | दशौं राष्ट्रिय खेलकुदका खेलहरू मंसिर ८ देखि हुने | नेपाली काँग्रेस देउवा पक्षको काठमाडौं अधिवेशन: बटुकद्वारा स्वस्तिवाचन सहित देउवाद्वारा उद्घाटन | सर्वोच्च अदालतका लागि प्रस्तावित चारै जना न्यायाधीशहरु संसदीय सुनुवाइबाट अुनमोदित | ढाकाटोपीमा सजिएर नेपाल फेस्टिभलमा अस्ट्रेलियाका प्रधानमन्त्रीको सम्बोधन | परराष्ट्रमन्त्री खनाल कोप–३१ मा सहभागी हुन टर्कि प्रस्थान | देउसीभैलो खेल्नका लागि जिल्ला प्रशासनद्वारा १२ बुँदे चेतावनी जारी | आईजीपी हेरफेर किन गरियो व्यवहारबाट देखिनुपर्छ : रवि लामिछाने |

ईन्द्रावती गाउँपालिकाको नवलपुरलाई पूर्ण खोप सुनिश्चितता र दिगोपन घोषणा

Nagarik Sewa 5112+ समाचार ( )
१ असार २०८२, आइतबार

 काठमाडौं। ईन्द्रावती गाउँपालिका नवलपुरलाई राष्ट्रिय पूर्णखोप सुनिश्चितता निर्देशिका बमोजिम पूर्ण खोप सुनिश्चितता र दिगोपन घोषणा गरिएको छ ।  गाउँपालिका भित्रका सबै वडाहरूमा १६ महिना देखि २३ महिना सम्मका सबै वालवालिकालाई १५ महिनाको उमेर भित्र पाउन पर्ने सबै खोप दिलाई पूर्ण खोप पाएको सुनिश्चित भएकोले गाउँपालिकामा आज एक कार्यक्रम गरि पूर्ण खोप सुनिश्चितता र दिगोपन घोषणा गरिएको हो ।

गाउँपालिकालाई पूर्ण खोप सुनिश्चितता घोषणाको प्रतिबद्धता पत्रमा हस्ताक्षर गर्दै गाउँपालिका अध्यक्ष झम्कनाथ नेपालले गाउँपालिकाभित्रका स्वास्थ्य कार्यालयहरूमा कार्यरत स्वास्थ्यकर्मीहरू स्वास्थ्य स्वयंसेविकाहरु लगायत सबैको योगदान र मेहनतले गर्दा गाउँपालिकालाई पूर्णखोप सुनिश्चित भएको घोषणा गर्ने दिनसम्म आइपुगेको बताउनुभयो । यो एउटा खुसीको कुरा हुनुका साथसाथै यसलाई निरन्तरता र दिगो बनाउन चुनौती थपिएकोले यस चुनौतीलाई अवसरको रुपमा लिएर काम गर्न सकेमा यसलाई निरन्तरता दिन सहज हुने उहाँको भनाइ छ ।

करिब ४८ वर्ष अगाडि नेपालमै पहिलोपटक पाइलट प्रोजेक्टको रुपमा सिन्धुपाल्चोक लगायत तीन जिल्लाहरूमा यो कार्यक्रम सुरु गरिए पनि २०७२ सालमा मात्रै पूर्णखोप सुनिश्चित जिल्ला घोषणा हुनु अलि ढिला भएको बताउँदै जस अन्तर्गत इन्द्रावती गाउँपालिका पनि यो वर्ष पहिलोपटक पूर्णखोप सुनिश्चित पालिका घोषणा भएको उहाँले जानकारी दिनुभयो । गाउँपालिकाले अवलम्बन गरेको नीतिलाई व्यवहारमा लागू गरी यो कार्यक्रमलाई सफल बनाउन सहयोग र्पुयाउनेहरु सबैप्रति अध्यक्ष नेपालले धन्यवाद समेत ज्ञापन गर्नुभयो । सबैको प्रत्यक्ष सहयोग र मेहनत तथा चासोले गर्दा यो सफलता हासिल गरेको बताउँदै गाउँपालिका उपाध्यक्ष सोभना तामाङले यसलाई निरन्तरता दिन जरुरी रहेको बताउनुभयो । साथै यस कार्यक्रममा साथ दिने सबैप्रति आभार व्यक्त गर्नुभयो । यो राष्ट्रिय कार्यक्रम भएकोले यसलाई निरन्तरता दिने कार्यमा निरन्तर लाग्न गाउँपालिका लाई आग्रह गर्दै जनस्वास्थ्य कार्यालयका प्रमुख दुर्गा बजगाईंले स्वास्थ्यकर्मीहरूका साथसाथै स्थानीय नागरिकहरूले समेत यस कार्यक्रममा साथ दिएकाले यो सम्भव भएको धारणा राख्नुभयो । साथै यो कार्यक्रम भव्य रुपमा सम्पन्न भएकोमा गाउँपालिकालाई बधाई ज्ञापन गर्दै पूर्ण खोप सुनिश्चितता र दिगोपनको प्रमाणपत्र समेत प्रदान गर्नुभयो ।

गाउँपालिकाका प्रवक्ता तथा वडा नम्बर ५ का अध्यक्ष शशीनाथ आचार्य, वडा नम्बर ७ का अध्यक्ष रविन्द्र कुमार खाती र वडा नम्बर २ का अध्यक्ष श्यामबहादुर गिरी लगायतले यस अवसरमा पालिकालाई पूर्ण खोप सुनिश्चितता र दिगोपन घोषणा गर्न साथ र सहयोग गर्ने स्वास्थ्यकर्मी स्वास्थ्य स्वयंसेविकाहरू लगायत सबैलाई धन्यवाद ज्ञापन गर्नुभयो । जनस्वास्थ्य अधिकृत सुनिल न्यौपानेले यो एउटा इतिहास बोकेको कार्यक्रम रहेको बताउँदै सुरुमा दुईवटा खोपबाट सुरु भई अहिले १४ वटा खोप निःशुल्क रुपमा प्रदान गर्दै आइरहेको जानकारी दिनुभयो । साथै कुनैकुनै स्थानीय तहले विद्यार्थीको विद्यालय भर्नाको समयमा खोपकार्ड अनिवार्य गर्ने गरेको जानकारी दिँदै इन्द्रावती गाउँपालिकाले पनि यसलाई सुरु गर्न सके खोप अभियानलाई पनि प्रभावकारी बनाउन थप सहयोग पुग्ने बताउनुभयो ।

गाउँपालिकामा अघिल्लो वर्ष खोप लगाउन छुटेका दुई जना लक्षित उमेरका बालबालिका पाइएकोमा यस वर्ष त्यो शून्य रहेको पनि उहाँले जानकारी दिनुभयो । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार