मुख्य समाचार
काठमाडौको सलम्बुटारदेखि पोखरासम्म अत्याधुनिक बस सेवा सञ्चालनमा | नागरिक लगानी कोषको कार्यकारी निर्देशकमा पर्वतकुमार कार्की नियुक्त | १८औँ नाडा अटो शो २०२६’ भदौ ९ गतेदेखि | विचौलियाहरूले प्रहरीको हेडक्वार्टर कब्जा गरेका छन्: खगेन्द्र सुनार | सेयर कारोबारमा वृद्धि | निजी क्षेत्र पनि अख्तियारले हेर्ने हो भने राज्यका बाँकी निकायले के गर्ने ? | ह्यारी र मेगन मार्कल बेलायत फर्कने तयारीमा | नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नरमा दीर्घ रावल नियुक्त | रास्वपा संसदीय दलको विधान संशोधन कार्यदलले पायो पूर्णता | रुसको मिसाइल आक्रमणमा युक्रेनमा पाँचजनाको मृत्यु |

काठमाडौको सलम्बुटारदेखि पोखरासम्म अत्याधुनिक बस सेवा सञ्चालनमा

Nagarik Sewa 4746+ समाचार ( )
५ भाद्र २०८३, शुक्रबार

काठमाडौं। शंखरापुर नगरपालिको वडा नं ६ को सलम्बुटारदेखि पोखरासम्म अत्याधुनिक यात्रुवाहक बस सेवा सञ्चालनमा आएको छ। उक्त बस सेवाको हिजो एक कार्यक्रमबीच नेपाल स्वतन्त्र यातायात व्यवसायी महासंघका निवर्तमान अध्यक्ष विजयबहादुर स्वाँर लगायतले उद्घाटन गर्नुभएको हो। पृथ्वी राजमार्ग बस संचालक कम्पनीले  नेपालमा भित्र्याएको उक्त बस अशोक लेल्यान्ड कम्पनीको रहेको जनाइएको छ।

३९ सिट क्षमता रहेको बसमा यात्रुको सुविधालाई ध्यानमा राख्दै आरामदायी स्लिपर सिट, शौचालय, एसी तथा वाइफाइको सुविधा उपलब्ध रहेको छ। २०५५ सालमा स्थापना भएको शुभ अधिकारी ट्राभल्सले करिब ७ करोड रुपैयाँको लगानीमा ६ वटा अत्याधुनिक बस सञ्चालनमा ल्याएको सञ्चालक टीकाराम अधिकारीले जानकारी दिनुभयो।

उक्त बसमा काठमाडौं–पोखरा यात्राका लागि प्रतिव्यक्ति १ हजार ७ सय रुपैयाँ भाडा तोकिएको छ। सञ्चालक अधिकारीले नेपालमा यातायात क्षेत्रलाई थप व्यवस्थित र सुरक्षित बनाउन स्पष्ट तथा प्रभावकारी यातायात ऐन आवश्यक रहेको बताउनुभयो।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार