मुख्य समाचार
जोखिमपूर्ण हिमताल फुटाउने गृहकार्य भएको छ: ऊर्जामन्त्री श्रेष्ठ | बाढीमा अभिभावक गुमाएका बालबालिकाको जिम्मेवारी कागेश्वरी मनोहराले लिने | जलवायु न्यायका राष्ट्रसंघ मुख्यालयमा लागि मौन प्रदर्शन | रामबहादुर थापा बादल गुप्तवासवाला बैठकमा छन :केपी ओली | सुनको मूल्यमा वृद्धि | सिंहदरबारमै शक्ति केन्द्रित गर्ने शासकीय मनोविज्ञानले संघीयता कमजोर | शिक्षामन्त्री सस्मित पोख्रेलमाथि कुटपिटको प्रयास | यो सरकार अहंकारी भयो: प्रचण्ड | परिवर्तनकारी शक्तिहरूबीच एकताको विकल्प छैन :माधव नेपाल | भोटेकोशी बाढीको प्रभावबारे पत्रकारसँग सिजप र प्लान इन्टरनेशनलद्वारा घनीभुत छलफल |

टी-२० विश्वकपबाट एकैदिन बाहिरिए तीन टोली

Nagarik Sewa 4834+ समाचार ( )
५ फाल्गुन २०८२, मङ्गलबार

काठमाडौं । टी-२० विश्वकप २०२६ अन्तर्गत समूह ‘डी’ को रोमाञ्चक खेलमा क्यानडाका १९ वर्षीय ब्याटर युवराज सिंह सामराले ऐतिहासिक शतक प्रहार गरे पनि आफ्नो टोलीलाई हारबाट जोगाउन सकेनन्। न्युजिल्यान्डसँगको हारसँगै क्यानडासहित तीनवटा टोली आजैका दिन विश्वकपको अघिल्लो चरणको दौडबाट बाहिरिएका छन्।

न्युजिल्यान्डविरुद्धको लमा सामराले क्रिकेट कीर्तिमानी शतक प्रहार  गरे। यो शतकसँगै सामरा पुरुष टी-२० विश्वकपमा शतक प्रहार गर्ने पहिलो एसोसिएट राष्ट्रका खेलाडी बनेका छन्। भारतीय लिजेन्ड युवराज सिंहको नामबाट प्रेरित १९ वर्षीय यी युवाले न्युजिल्यान्डका विश्वस्तरीय बलरहरूलाई मैदानको चारैतिर प्रहार गरेका थिए।सामराको सानदार ब्याटिङका बाबजुद न्युजिल्यान्डले आफ्नो अनुभव र सन्तुलित खेल प्रदर्शन गर्दै क्यानडालाई पराजित गर्‍यो। न्युजिल्यान्डको यो जितले समूह ‘डी’ को अंक तालिकाबाट दुई टोलीले सुपर -८ पुगेका छन्। न्युजिल्यान्डले महत्वपूर्ण २ अंक जोड्दै सुपर-८ मा पुगेको छ।

आजको खेलको नतिजा आएसँगै क्यानडाको विश्वकप यात्रा आधिकारिक रूपमा समाप्त भएको छ। क्यानडासँगै समूहका अन्य दुई टोली अफगानिस्तान र युएघ पनि बाहिरिएक छन्। यसअघि यो समूहबाट दक्षिण अफ्रिका सुपर-८ मा पुगेको थियो।युवराजको ११० रनको मद्दतमा १७३ रन बनाएको क्यानडाले  दिएको लक्ष्य न्युजिल्यान्डले २ विकेटको क्षतिमा १५.१ ओभरमै पूरा गरिदियो। उसका लागि ग्लेन फिलिप्सले ३६ बलमा नटआउट ७६ रन बनाए। 

क्यानडाका सामराको परिवारको क्रिकेटसँग गहिरो सम्बन्ध छ। उनका पिता बलजित सामराले भारतीय स्टार युवराज सिंहको नामबाट उनको नाम राखेका थिए। मुम्बई इन्डियन्सबाट आइपिएल खेल्ने सपना बुनेका सामराले यसअघि बहामासविरुद्ध १५ बलमै अर्धशतक प्रहार गरेर सनसनी मच्चाइसकेका थिए।  हारका बाबजुद युवराज सामराको यो इनिङ्सलाई विश्वकप इतिहासकै उत्कृष्ट मध्येको एक मानिएको छ। 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार